शर्मा बेलायतमा पहिलो नेपाली उपमेयर

Jagannath-Sharma-newलन्डन । बेलायतमा पहिलो पटक एक जना नेपाली उपमेयर निर्वाचित भएका छन् । फिजिओथेरापिष्ट डा. जगन्ननाथ शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलका उप मेयर निर्वाचित भएका हुन् ।

शर्मा यसअघि उक्त काउन्सिलमा करिव चार वर्ष काउन्सिलर थिए ।

‘उपमेयर नियुक्तिले खुशीसंगै जिम्मेवारी वोध पनि भएको छ’, शर्माले भने, ‘अब मेरो मात्र होइन, नेपालीको पनि नाम कसरी 
उंचो राख्न सक्छु भन्ने चिन्ता थपिएको छ ।’

अब उनले स्थानीय विकासका योजनाबाहेक स्थानीय समुदायबीच सौहार्द वातावरण निर्माण, मेलमिलाप, संस्कृति आदानप्रदान जस्ता कुरामा 
आफ्नो ध्यान केन्द्रित गर्ने जनाए । विशेष गरि नेपाली सहित ‘इथ्नीक माइनोरिटी’ का लागि कल्याणकारी काम गर्ने अठोट शर्माको छ । उनको क्षेत्रमा करिव पांच सय नेपाली छन् । स्थानीय ब्रिटिश गोर्खा एण्ड नेपलिज कम्युनिटीको एक्सटर्नल अफेयर्स कोअर्डिनेटर समेत रहेका शर्माले नेपाली कम्युनिटी हल बनाउन पनि पहल गर्ने बताए ।

१३ वर्ष अघि बेलायत आएका पर्वत रानीपानी गाविस ९ का स्थायी वासिन्दा शर्मा एक दशक यता बेलायती रक्षा मन्त्रालय (एमओडि) अन्तर्गत इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा प्रमुख फिजिओथेरापिष्टका रुपमा कार्यरत छन् । उक्त सेन्टर गोर्खासहित ब्रिटिश इन्फेन्ट्री सैनिकहरुको एकमात्र तालिम केन्द्र हो । केन्द्रबाट वर्षेनी चार हजार सैनिकले तालिम लिन्छन् । उनले बेलायतको 
सरकारी स्वास्थ्य सेवा (एनएचएस्) मा पनि काम गरेका थिए ।

अष्ट्रेलियाको कर्टिन युनिभर्सिटी अफ टेक्नोलोजीबाट फिजियोथेरापीमा बीएस्सी अनर्स गरेका शर्माले बेलायत आउनुअघि अष्ट्रेलियाकै अर्माडेल हस्पिटल, पर्थमा एकवर्ष जति काम गरेका थिए । फिजिओथेरापीका रुपमा उनको व्यवसायिक करिअर वीरेन्द्र प्रहरी अस्पतालबाट शुरु भएको थियो । शर्माका दुई छोरी र श्रीमति छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री