महकी नृत्यांगना

लन्डन । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) सम्मिलित मह यात्रा २०१४ बेलायतमा साता अघि सकिए पनि कार्यक्रमको ह्यांगओभर अझै बाँकी छ ।

मह जोडीको बेजोड प्रहसन र व्यंग्य त आमदर्शकको मनमष्तिस्कमा रहने भइहाल्यो । यसबाहेक त्यही कार्यक्रममा एउटा आकर्षण थिइन् रश्मी पोख्रेल । रश्मीको बेजोड नृत्यलाई धेरैले रुचाए । ‘महको स्टेजमा नाच्न पाउनु मेरा लागि भाग्यको कुरा थियो’, उनले भनिन्, ‘मलाई त्यो अवसर जुराइदिने महयात्रा आयोजक र विशेष गरी संयोजक कुल आचार्यप्रति आभारी छु ।’ महयात्राको नाच हेरेर उनको तारिफ गर्ने पनि असंख्य भेटिए ।

रश्मी सन् २०१० मा विद्यार्थीका रुपमा बेलायत आइन् । तर, उनको खास पेशा हो नृत्य । स्कुले जीवनदेखि नै नाच्नु उनको सोख थियो । कक्षा दश पढ्दा नारायणी कला मन्दिरमा डान्स सिक्न समेत गइन् उनी । पछि स्कुल, कलेज र स्थानीय कार्यक्रमतिर नाच्दानाच्दै पेशा बनाएर एक दशक यसमै बितिसकेको छ । बेलायत आउनु अघि सशस्त्र प्रहरी बलमा पाँच वर्ष कलाकार भएरै काम गरिन् उनले । बेलायत आएपछि यहाँ हुने नेपालीका विशेष कार्यक्रममा रश्मीकै डिमाण्ड हुन्छ । ‘नाच भन्ने कुरा एउटा कला हो, आफूमा लगाव पनि हुन जरुरी छ’, उनी बताउँदै थिइन् । चितवन, नारायणगढकी २८ वर्षीया रश्मी राम्रो अफर आए चलचित्र र म्यूजिक भिडियोतिर पनि नाच्न लालायित छिन् ।

rashmi

प्रतिक्रिया

सम्बन्धित सामाग्री