‘मल्टि ट्यालेन्टेन्ड’ सोनाम

sonam first

इच्छा शक्ति भए नेपालमै पर्याप्त अवसर रहेको प्रमाणित गरेकी छिन् मोडल सोनाम श्रेष्ठ ‘केसी’ ले । अलिसा नामले समेत चिनिने उनी मोडलमात्र होइनन्, मेक अप आर्टिष्ट र जुम्बा नृत्य प्रशिक्षक पनि हुन् । तीन वर्ष 
संगीतको समेत प्रशिक्षण लिइन् ।

अहिले गायक राजेश पायल राईको दर्शन नमस्ते टु एल्बममा समावेश ‘उमेरले 
डांडापारी…’ गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेपछि उनी चर्चामा 
छिन् । असंख्य फेशन शोमा सहभागी भइसकेकी सोनाम र्याम्प माडलिङमा उत्रने मोडलहरुको मेक अप समेत गर्छिन् । ‘अहिले त मोडलिङको पनि व्यवसायिक विकास भएको अवस्था छ’, विगत सात वर्ष देखि यसैमा रमाइरहेकी उनले सुनाइन्, ‘दत्तचित्त भएर लागे फाइदै छ यो क्षेत्रमा ।’ केही समय अघि एक दैनिक पत्रिकामा हुक्का तानेको तस्विर खिचाएपछि कतिले उनलाई ‘बोल्ड’ मोडल पनि भने, कतिले त्यस्तो बानी नपार्न सम्झाए । तर, वास्तविक जीवनमा उनलाई केही चिजमा लत छैन् रे ।

गोर्खा हेल्थ क्लवमा जुम्बा प्रशिक्षक पनि हुन् उनी । स्टेजमा विभिन्न नृत्य देखाउन माहिर सोनामलाई उत्कृष्ट नृत्याङ्गना भनेर पनि धेरैले चिन्छन् ।
उनलाई केही फिल्ममा अफर पनि आए । फिल्मतिर इच्छा पनि छ तर बुझेर मात्र यसमा छिर्न चाहन्छिन् उनी ।

नेपाल म्यूजिक स्कुलमा प्रभुराज ढकालसंग तीन वर्ष संगीत प्रशिक्षण समेत लिएकी छिन् उनले । ‘अरुको भन्दा अलिक पृथक आर एण्ड बी संगीतमा जाने धोको छ’, उनले भावी योजना सुनाइन्, ‘श्रीमान् अल्टरनेटिभ रकतिर लागेकाले पनि मलाई नौलो संगीततिर रमाउन मन छ ।’ म्यूजिक स्कुलमा कन्सर्ट गरेपनि स्टेजमा गाइनसकेको उनले बताइन् । सोनामलाई गायिकामा इन्दिरा जोशी सबैभन्दा बढि मन पर्छ ।

काठमाण्डौं धुम्वाराहीकी २४ वर्षीया सोनाम एक्ली छोरी हुन् । फुर्सदमा कविता पनि कोर्छिन् उनी । अब छिट्टै अध्ययनका लागि अमेरिका जाने योजना छ उनको । अल द वेष्ट सोनाम ।

sonam 2

प्रतिक्रिया

सम्बन्धित सामाग्री