रेडिङमा नयाँ नेपाली रेष्टुरेन्ट

रेडिङ । नेपाली व्यवसायीहरुको लगानीमा रेडिङमा नयाँ पब तथा रेस्टुरेन्ट शुरु गरिएको छ ।
टाउन सेन्टरदेखि करिब एक माइलमा अवस्थित रेड काउ पब तथा नेपाली रेष्टुरेन्टले गत शनिबारदेखि सेवा शुरु गरेको रेस्टुरेन्टका ब्यवस्थापक रमेश सराङकोटीले जानकारी दिए । करिब दुई सय पाहुना अटाउने सो रेस्टुरेन्ट नेपाली समुदायलाई बैठक, पार्टी तथा समारोह सञ्चालन गर्नका लागि समेत उपयुक्त हुने उनले बताए ।
बीसवटा कार अट्ने आप्mनै कार पार्क तथा साइड रोडमा सयौँ कार पार्क गर्न सकिने भएकोले सो स्थान सामाजिक कार्यक्रम गर्न सुहाउँदो रहेको रेडिङका स्थानीय समाजसेवी राम गलामीको भनाइ छ ।
बारबीक्यू गार्डेनको सुविधा र टाउन सेन्टरबाट नजिक भएको हँुदा सो रेस्टुरेन्ट नेपाली समुदायलाई पायक पर्ने रेडिङ नेपाली समाजका अध्यक्ष कृतिविलास पन्तको धारणा छ । रेडिङ क्रिमेटोरियम नजिकै भएकोले  फ्युनरल पछि मलामीहरुलाई चियापानका लागि पनि सो स्थान सुविधायुक्त रहेको समाजका पूर्व अध्यक्ष महेश गुरुङ बताउँछन् ।
रेस्टुरेन्टको शुभारम्भ कार्यक्रममा स्थानीय संघ सस्थाका पदाधिकारी राम गलामी, भिमसेन खडका, यादवकुमार श्रेष्ठ, पहलसिंह थापा, रमेश बास्तोला, ग्रेटर रेडिङ नेपाली समाज, तमु धिँ, पासा पुचः गुठी, ठकुरी समाज, मगर संघका लगायतका पदाधिकारी तथा लब्ध प्रतिष्ठित नेपालीहरुको उपस्थित रहेको थियो ।
रेस्टुरेन्टमा क्याम्बर्लीस्थित सो एसिया रेस्टुरेन्टका लगानीकर्ता ज्ञान केसी र विक्रम जोशीको लगानी रहेको छ ।
Red-Cow-Pub

प्रतिक्रिया

सम्बन्धित सामाग्री