स्मृतिमा मदन आश्रित

madan ashrit

लण्डन । प्रवासी नेपाली मंच बेलायतले एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई बेलायतमा सम्झना गरेको छ ।
तत्कालिन महासचिव भण्डारी र आश्रितको सम्झानामा १७ मे अर्थात जेष्ठ ३ गते २१ आंै बर्षका सन्दर्भमा सम्झना स्वरुप स्मृति सभा लण्डनस्थित ह्यारोमा गरिएको हो । नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ संरचनामा लग्दै जनताको बहुदलीय जनवादको नयाँ विचार तत्कालिन महासचिव भण्डारीले प्रतिपादन गरेका थिए । हाल एमालेमा जवजलाई समय सापेक्ष परिवर्तन गर्ने कि जस्ताकै तस्तै कार्यान्वयन गर्दै जाने भन्ने बहस चलिरहेकै छ ।
प्रवासी नेपाली मंचका अध्यक्ष रामशरण सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा एक मिनेट मौनधारण गरि दिवगत नेताहरुको फोटोमा  माल्यार्पण गरिएको थियो ।
मंचका महासचिव तुङ्गभद्र भुसालले संचालन गरेका कार्यक्रममा मंच सल्लाहकार समितिका अध्यक्ष अच्चुत गौतमले वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद र हाम्रो भुमिका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जवजलाई समृद्ध बनाउदै एमालेले आर्थिक क्रान्तिको नेतृत्व गर्नु पर्नेमा जोड दिए ।
कार्यपत्र माथि मंचका सल्लाहकार भक्त गुरुङ  र कृष्ण उपाध्यायले टिप्पणी गरेका थिए । तत्कालिन महासचिव स्वर्गीय भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको निवर्तमान अध्यक्ष दिनेश घिमिरे, सस्थापक अध्यक्ष आङ कल्जङ लामा, निवर्तमान महासचिव राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति बेलायत प्रतिनिधि विजन भट्टलगायतले चर्चा गरे । साथै, उनीहरुले नेपाललाई विकास र समृद्धिमा लैजान जवजले सहायक भुमिका खेल्ने आशा व्यक्त गरे ।
नर्थ वेस्ट इलाका अध्यक्ष बसन्त नेपालले स्वागत भाषण र मंचका उपाध्यक्ष रामजी बरालले धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष सिखडाले कार्यक्रमका समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री