ब्रिट्रिश उद्योग महासंघका निर्देशक नेपाल भ्रमणमा

Simon

लन्डन । कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ) का अन्तर्राष्ट्रिय निर्देशक साइमन मुरले नेपालको दुई दिने भ्रमण गर्ने भएका छन् ।
आगामी दुई र तीन अगष्टमा उनको भ्रमण तय भएको हो । सिबीआइ विश्वव्यापी व्यावसायिक संघसंस्थाबीच वकालत गर्ने एउटा प्रभावशाली निकाय मानिन्छ । बेलायतमा मात्र उसको १ लाख ९० हजार व्यवसायसंग सामिप्यता छ, जहां ७० लाख मानिसले रोजगारी पाएका छन् ।
मुरको भ्रमण बेलायत नेपाल आपसी सम्बन्ध अभिवृद्धि र नेपालमा सम्भाव्य लगानी अवसरहरुको खोजी गर्नुरहेको नेपाल उद्योग वाणिज्य महासंघका बेलायतस्थित प्रतिनिधि प्रशान्त कुंवरले जनाए । भ्रमणको चांजोपांजो प्रशान्तले नै मिलाएका हुन् ।
भ्रमणका क्रममा उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल लगानी बोर्ड र अन्य उद्योगी व्यवसायीस“ग भेटघाट गर्ने कार्यक्रम छ । बेलायती राजदूत र अर्थमन्त्रीसंग भेट्ने योजना समेत उनले बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री