कमनवेल्थ खेलमा इंग्ल्याण्डको अग्रता

commonwealth

लण्डन । स्कटल्याण्डको ग्लास्गोमा जारी पूर्व र वर्तमान ब्रिट्रिश शासित मुलुकहरुको राष्ट्रमण्डलीय खेल कमनवेल्थको पदक तालिकामा इंग्ल्याण्डले अग्रता लिएको छ ।
खेल समापन हुन तीन दिन बाँकी रहँदा (यो समाचार तयार पार्दासम्म) इंग्ल्याण्डले ४२ स्वर्ण पदकसहित पहिलो स्थानमा कब्जा जमाएको छ भने विगतका छ वटा कमनवेल्थ खेलमा सर्वाधिक पदक जितेको अष्ट्रेलिया ३५ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ ।
इंग्ल्याण्डले ३७ रजत र ३६ कास्य गरी कुल ११५ पदक हात पारेको छ भने अष्ट्रेलियाले ३४ रजत ४१ कास्यसहित कुल ११० पदक जित्न सफल भएको छ । क्यानाडा २६ स्वर्णसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक स्कटल्याण्ड १४ स्वर्णसहित चौथो स्थानमा रहेको छ । यसैगरी न्युजिल्याण्डले १३, भारतले १२ र दक्षिण अफ्रिकाले १० स्वर्ण पदक जितेका छन् ।
बाँकी तीन दिनमा एथलेटिक्स, बक्सिङ, डाइभिङ, हकी, जिम्न्याष्टिक, रोड साइक्लिङ, भारत्तोलन, ब्याडमिण्टन, टेबलटेनिस र बलिङ प्रतियोगिता हुने छन् ।
११ दिन चल्ने यसपटकको कमनवेल्थमा १७ वटा खेलमा प्रतिस्पस्र्धा गराइँदै छ । २६१ इभेन्टमा खेलाइने यस प्रतियोगितामा ७१ देशका ४ हजार ९४७ खेलाडिले भाग लिइरहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री