नखिपोट ब्याडमिण्टन युकेको समर भेला

लण्डन । नखिपोट ब्याडमिण्टन एसोसिएसन, युकेको समर भेला हालै सम्पन्न भएको छ ।
एसोसिएसनको युके शाखाकी अध्यक्ष कृष्णा पुनको अध्यक्षतामा आर्मी ग्यारिजन अल्डरसटमा भएको भेलाको पहिलो चरणमा नखिपोट ब्याण्डमिण्टन सर्कल नेपालका अध्यक्ष क्याप्टेन जगतराम राईले नेपालमा भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । साथै युकेमा पनि समय मिलाएर ब्याडमिण्टन खेल र नखिपोट ब्याण्डमिण्टन सर्कललाई अगाडि बढाउन सुझाव दिएका थिए ।
स्वागत मन्तब्य दिँदै संस्थाका संस्थापक तथा सल्लाहकार नारायण कोन्मेले युकेमा नखिपोट ब्याडमिण्टनले गरिरहेका गतिविधिका बारेमा अवगत गराएका थिए । उनले योजनावद्ध गतिविधिलाई अगाडि बढाउने प्रतिवद्धता पनि सो अवसरमा व्यक्त गरे ।
कार्यक्रममा संस्थाका नवप्रवेशी सदस्यहरुलाई स्वागत गरिएको थियो भने संस्थामा आवद्ध सदस्यका ग्राजुएसन गर्ने छोरीहरुलाई सम्मान पनि गरिएको थियो । ग्राजुएसन गरेवापत सम्मान पाउनेहरुमा कुश्मा लिम्बु र लक्ष्मी हुक्पा चोङवाङ लिम्बु छन् ।
भेलामा दिउँसो ११ बजेदेखि ४ बजेसम्म मैत्रीपूर्ण ब्याडमिण्टन पनि खेलाइएको थियो ।
ललितपुरको नखिपोटमा रहेको नखिपोट ब्याडमिण्टन सर्कलको युके शाखाका रुपमा सन् २०१३मा नखिपोट ब्याडमिण्टन एसोसिएसन, युके गठन गरिएको हो । शाखाले सदस्यहरुबीच वर्षको दुईपटक भेटघाट कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा नखिपोट ब्याडमिण्टन एसोसिएसनका सल्लाहकार कृष्ण गुरुङ, नुनेटन ब्राञ्चका अध्यक्ष जोन राईले पनि मन्तब्य दिएका थिए । कार्यक्रम शाखाकी सचिव निर्मला थापाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमको समापन अल्डरसटको मालिंगो रेस्टुरेन्टमा नाचगान र डिनरका साथ भएको थियो ।

 

NBC UK

प्रतिक्रिया

सम्बन्धित सामाग्री