स्वास्थ्य परीक्षणका लागि ओली दिल्ली जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली जाने भएका छन् । आठ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका ओलीको तीन महिनामा स्वास्थ्य परीक्षण गराउनु पर्ने हुन्छ । प्रमुख राजनीतिक दलबीच सहमति बने ओली शुक्रबार साँझको बिमानबाट नयाँ दिल्ली जाने छन् । उच्च स्तरीय राजनीतिक समिति गठन र सविधानका अन्तरबस्तुमा सहमति खोज्न दलहरु सघन छलफलमा जुटेका छन् ।kp-oli

‘नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार नै दिल्ली जाने योजना थियो । राजनीतिक सहमतिका लागि काठमाडौं रहनु पर्ने भएपछि बिहीबारको टिकट क्यान्सिल गरियो,’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने, ‘शुक्रबार साँझ ६ बजेको टिकट बुक छ। सहमति नजुटे शनिबार मात्रै नयाँ दिल्ली जानु हुने छ ।’ दिल्लीमा ओलीको स्वास्थ्य परीक्षण डा. अनन्त कुमारले गर्ने छन् ।

कुमारले नै आठ वर्षअघि एपोलो अस्पतालमा ओलीको मृगौलाको प्रत्यारोपण गरेका थिए। पछिल्लो सात महिनामा स्वास्थ्योपचारका लागि ओली चौथो पकट विदेश जान लागेको हुन् । यसअघि दिल्लीमा डेढ र बैककमा एक महिना लामो उपचार गरिएको थियो। साउनमा अध्यक्ष निर्वाचित भएपछि उपचारका लागि विदेश जान लागेको दोस्रो पटक हो । यसअघि फङ्गल संक्रमित हातको उपचार गराउन सिंगापुर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री