कोशेलीको २८ औं वार्षिकोत्सव

normal_koseli20jul14_030
लन्डन । कोशेली सांस्कृतिक परिवारले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । जुलाई अन्तिम साता लन्डनस्थित ह्यारो फुटबल क्लवमा संस्थाका अध्यक्ष अमृत गुरुङ्गको अध्यक्षतामा कार्यक्रम भएको हो ।
मन्तव्यका क्रममा प्रमुख अतिथी क्षेत्रीले कोशेली सांस्कृतिक परिवारले विगत लामो समय देखि नेपाली कला, संस्कृतिको जगेर्ना तथा उत्थान गर्दै आएकोमा सर्हाना गर्दै दूतावासको तर्फबाट भरमग्दुर सहयोग 
गर्ने आश्वासन दिए ।

अध्यक्ष गुरुङ्गले नेपालीहरुले सजग भएर आफ्ना सन्ततिलाई नेपाली कला संस्कृतिको चिनारी नदिने हो भने भविष्यमा कला संस्कृति नै लोप हुने तर्फ चिन्ता व्यक्त गरे । उनले कोशेलीको उद्देश्य नेपाली कला संस्कृति जोगाउनु रहेको पनि बताए ।
उक्त समारोहमा लामो समय देखि संस्थामा आवद्ध भई सहयोग गर्दै आएका समाजसेवी तथा संस्थाका भूतपूर्व अध्यक्ष वसन्त राय क्षेत्रीलाई लाइफ टाइम अचिप्मेन्टले सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत संस्थाका सदस्य उज्वल श्रेष्ठको संगीत संयोजकत्वमा अमृत गुरुङ्ग, शर्मिला सिंह, पूर्ण मान बज्राचार्य र निश्चल दाहाल द्वारा गायन प्रस्तुत गरिएको थियो भने सरु राना मगरको नृत्य निर्देशिकामा स–साना बालबालिकाले विविध नृत्य प्रस्तुत गर्दै दर्शकहरुलाई मन्त्रमुग्ध बनाए ।
उक्त कार्यक्रमलाई ट्राभल कन्सोलका प्रोपाइटर विराज भट्ट, मन्टिज रेष्टुरेण्ट इलिङ्गका प्रोपाइटर महन्त बहादुर श्रेष्ठ तथा हंग्री यति रेष्टुरेण्टका प्रोपाइटर माधवलाल श्रेष्ठले मुख्य प्रायोजन गरेका थिए ।
समारोहको औपचारिक कार्यक्रम संस्थाका सचिव खेम काजी गौतमले 
सञ्चालन गरेका थिए भने विविध संस्कृतिक कार्यक्रम सञ्चालन संस्थाका सदस्य सरु राना मगर तथा पूर्व महासचिव शर्मिला सिंहले गरेका थिए ।

तस्विरः नेपालीसमाजयूकेडटकम

प्रतिक्रिया

सम्बन्धित सामाग्री