एनआरएनए यूकेमा पद हानथापः क्षेत्रीको आलटालपछि कंडेल एक्लै बढे

nrn

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतका सहअध्यक्ष महेन्द्र कंडेल पुरानो सहमति अनुरुप अध्यक्ष पद सम्हाल्न एक्लै अघि बढेका छन् । कार्यकारी अधिकार लिएर बसेका अध्यक्ष योगेन क्षेत्रीले ‘असाधारण एकता सम्मेलन’ को निर्णय कार्यान्वयनमा आलटाल गरेको भन्दै कंडेल एक्लै कसरतमा लागेका हुन् ।
कंडेलले आफनो फेसवुक पेज मार्फत विशेष अधिवेशनको निर्णयलाई हवाला दिंदै लन्डनको साउथइस्टमा काउन्सिल बैठक डाकेका छन् ।

एक वर्षअघि लन्डनस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए यूकेका प्रमुख संरक्षक प्रा.डा. सूर्य सुवेदी र पूर्व अध्यक्षहरु सम्मिलित ‘असाधारण एकता सम्मेलन’ ले गरेको सम्झौतामा अधिवेशन अघि नै संघ बेलायतको काउन्सिलको अवधारणामा प्रवेश गर्ने प्रतिवद्धता उल्लेख छ । सो निर्णयलाई टेकेर कंडेलले बैठक बोलाएका हुन् ।

अध्यक्ष योगेन क्षेत्री सम्झौताका विषयमा चुपचाप बसेपछि कंडेल एक्लै अघि बढेका श्रोतको दावी छ । उता क्षेत्रीले १० अगष्ट आइतवार एनआरएनए यूके बैठक डाकेको 
राष्ट्रिय संयोजक योगकुमार फगामीले जनाए । उनका अनुसार सो बैठकले ३१ अगष्टमा काउन्सिल बैठक डाक्ने छ ।
‘एनआरएन बेलायतको भविष्यलाई ध्यानमा राखि बढि भन्दा बढि व्यक्ति र संस्थाको उपस्थितिका लागि ३१ अगष्ट काउन्सिल बैठक बोलाउन लागिएको हो’, फगामीले भने, ‘पदमा जो बसेपनि पद्धति बसाल्नु पर्छ । जनताको उल्लेख्य सहभागिता गराउन अघि समय दिनु पर्ने भएकाले महिनाको अन्तिममा बैठक डाक्न लागिएको हो ।’
१० अगष्टको बैठकमा कंडेललाई समेत बोलाई सकिएकाले १७ अगष्टमा कंडेलले राख्न लागेको काउन्सिल बैठक स्थगित हुने स्रोतले दावी ग¥यो । ‘बार्गेनिङ पावर बढाउन मिति तोकिएको हो, त्यो स्थगित हुन्छ’, स्रोतले वी नेपालीलाई भन्यो ।

कंडेलले १७ अगष्ट ११ बजे डाकेको बैठकमा पूर्व पदाधिकारीहरु, वर्तमान पदाधिकारीहरु, बुद्धिजिवी, गोर्खा संघसस्थाहरु र नागरिक समाजलगायतलाई निम्तो छ । कंडेलले एनआरएनए यूके तथा एनआरएनए यूके काउन्सिल विशेष समितिका हैसियतले बैठक डाकेको उनको सूचनामा उल्लेख छ । सम्झौता अनुसार २८ सेप्टेम्बरसम्म कंडेल सह अध्यक्ष नै हुनेछन् ।

सम्झौतामा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष, सहअध्यक्ष, राष्ट्रिय संयोजक, सहराष्ट्रिय संयोजक, कोषाध्यक्ष, सहकोषाध्यक्ष पद एक÷एक वर्ष चक्रिय प्रणालीअनुसार सम्हाल्न दुवै पक्ष सहमत भएको उल्लेख छ ।

सोही अनुसार आगामी २९ सेप्टेम्बर २०१४ सम्म योगेन क्षेत्री र सोही दिनदेखि सहअध्यक्ष महेन्द्र कंडेलले कार्यकारी अध्यक्ष सम्हाल्ने र क्षेत्री सहअध्यक्ष हुन राजी भएको समहमति पत्रमा उल्लेख छ । सहमतिमा १८ जना पदाधिकारीलाई मान्यता दिने उल्लेख छ ।
सहमति कार्यान्वयनका लागि संरक्षक प्रा. डा. सुवेदीको अध्यक्षतामा मेजर (रि.) डमर घले, खगेन्द्र नेपाली, श्रीमती जया राई र डा. राघव धिताल सदस्य रहेको अनुसासन समिति पनि गठन गरिएको थियो । सो सहमति पछि दुई चिरा पर्न लागेको एनआरएनए यूके विवाद साम्य भएको थियो ।
यो पनि हेर्नुहोस

के छ एनआरएन युकेको गोप्य सहमतिमा ?

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री