बेलायतमा युरोपकै पहिलो गुम्बा

Gumba

लन्डन । क्रिश्चियन वाहुल्य रहेको बेलायतमा नेपालीले गुम्बा निर्माण गरेका छन् । ब्रिटेनमा दर्ता भएको च्यारिटी संस्था वुद्धिष्ट कम्युनिटी सेन्टर, यूके (बीसीसी, यूके) ले अल्डरसटमा युरोपकै पहिलो वुद्धिष्ट गुम्बा निर्माण गरेको 
हो । बीसीसीले सन् २०१२ मा ३ लाख ७१ हजार पांचसय पाउण्डमा पुरानो भवन खरिद गरि थप दुई लाख पाउण्ड खर्च गरेर गुम्बाको स्वरुप दिएको यसका अध्यक्ष काजी शेर्पाले जनाए ।

जुलाई दोश्रो साता महायज्ञसहित डिल्गो खेन्त्से रिन्पोचेले गुम्बा औपचारिक उद्घाटन गरेका थिए । करिब तीन सय मानिस अट्ने क्षमता भएको उक्त गुम्बामा ८० लाख नेपाली रुपैंया बराबरका ३१ टन सामान नेपालबाट ल्याइएका छन् । ‘वुद्ध मुर्ति, धार्मिक ग्रन्थ, माने र कर्मकाण्डलाई आवश्यक पर्ने सम्पूर्ण सामान उपलव्ध छन्’, अध्यक्ष शेर्पाले कान्तिपुरसंग भने, ‘हामीलाई गुम्बा बनाउन नेपाली वुद्धिष्टले मात्र होइन, स्थानीय ब्रिटिशको पनि उल्लेख्य सहयोग छ ।’ बेलायतमा वुद्धिष्ट नेपाली संख्या वृद्धि भइरहंदा आफ्नो परम्परागत गुम्बाको आवश्यकता महशुस गरि सन् २००७ देखि नै गुम्बा निर्माणका लागि प्रक्रिया बढाइएको शेर्पाले जनाए ।

बौद्धस्थित सेन्चेन गुम्बाबाट ल्याइएका दुई लामाले नियमित पूजा पाठ, प्रवचन र वौद्ध धर्मसंग सम्वन्धित हरेक कर्मकाण्ड गर्छन् ।

अध्यक्ष शेर्पाका अनुसार, गुम्बामा च्याप्लेन्सी तालिम, ध्यान, धार्मिक परामर्श आदिको पनि व्यवस्था छ । वौद्ध गुम्बा भएपनि यो स्थल सबै समुदायलाई प्रयोग गर्न दिने योजना बीसीसीको छ ।

ब्रिटेनमा नेपलिज बुद्धिष्ट करिब ६३ हजार र अन्य समुदायसमेतबाट कुल वुद्धिष्ट धर्मावलम्बी २५ लाख रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री