फार्नबोरोतिर तीज रमझम तयारी

2014 TEEJ POSTER JPEG
लन्डन । एसियन महिला एसोसिएसन (आमा) ले आगामी ७ सेप्टेम्बरमा तीज पार्टी गर्ने भएको छ । आमाले गर्न लागेको यो ९ औं तीज कार्यक्रम हो । सामुल कोडी स्पोर्टस् कलेज हलमा पार्टी हुन लागेको हो ।

कार्यक्रममा रातो पहिरन र गरगहनामा सजिएका दिदीबहिनीहरुले
डिजे टंकका साथ तीज गीतमा नाचगान गर्न पाउनेछन् । डिजे म्यूजिक, स्टेज शो, राफल चिट्ठाबाहेक वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरीका लागि प्रतिष्पर्धा हुने समेत आयोजकले जनाएका छन् । लोकगायिका सिन्धु मल्ल समेत कार्यक्रममा सहभागी हुने निश्चित भएको छ । १५ पाउण्ड शुल्क तोकिएको उक्त पार्टीमा पुरुषलाई भने प्रवेश निषेध हुनेछ ।

महिलाद्धारा महिलाका लागि नारा दिएर सन् २००६ मा स्थापित स्वयंसेवी महिला संगठन आमाले विशेषगरि महिलाहरुको सशक्तिकरण, शिक्षा र अन्य सामाजिक अग्रसरतामा प्राथमिकता दिंदै आएको आमाकी संस्थापक अध्यक्ष माया केसीले जनाइन् ।

375962_245485925513205_2135081464_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री