वर्षायाममा पनि काठमाडौंमा किनिन्छ दैनिक १० करोड लिटर पानी

water-ktm
काठमाडौ । देशभरि आवश्कयताभन्दा बढी वर्षात भएर बाढीपहिरो चलिरहंदा उपत्यकामा भने दैनिक १० करोड लिटरभन्दा बढी खानेपानीको माग भइराखेको छ ।
चैत, वैशाख र जेठ महिनाको तुलना यो माग अन्त्यत न्यून रहेको भए पनि बीच वर्षातमा यस्तो माग हुनु भनेले काठमाडौंमा पानीको माग र आपूर्तिको अनुमान गर्न त्यतिकै सजिलो हुन्छ । खानेपानी व्यवसायमा आवद्ध व्यापारीहरु भन्छन्, ‘ती तीन महिनामा दैनिक २५ करोड लिटरसम्म पानी व्यापार भयो ।’
हाल उपत्यकाभित्र दैनिक ८०० ट्याङकर पानी खरिद बिक्रीमा संलग्न छन् । यस्ता ट्याङकरको मता पाच हजार लिटरदेखि १५ हजार लिटरसम्म रहेका छन् ।
यसबाहेक अतिरिक्त २० लिटरका जार र एक लिटरका बोतलका पानी पनि बिक्री वितरण्ँ भइराखेको छ । एक लिटर बोतलका पानी उपत्यकाभित्र दैनिक कति खपत हुन्छ भन्ने एकिन जानकारी कुनै निकायसित छैन । उपत्यका खानेपानी ट्याङकर तथा बोरिङ व्यवसाय सङ्घका अनुसार उपत्यकाभित्र पानीको कारोबार गर्न नौ अर्ब रुपियांभन्दा माथि लगानी भइसकेको छ ।
उपत्यका भित्रका मुख्यतः चोभार, बालाजु, जोरपाटी, मातातीर्थ, गोदावरी, मच्छेगाउ पानीको मुख्य स्रोत भएका ठाउँ हुन् । यस्ता ठाउँबाट मुहान, बोरिङ तथा स्योलोट्युबवेलमार्फत उपत्यकाभित्र पानी बिक्री वितरण्ँ हुने गर्दछ । यस व्यवसायमा सांसददेखि ठूला घरानाका व्यापारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको सङ्घले जनाएको छ ।
अहिले ती पानीका स्रोतबाट एकसय मिटर डिप बोरिङ तथा ४०÷५० फिटसम्मका स्यालो ट्युवमा भूमिगत पानी तानी बिक्री भइराखेको छ । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जारी गरेको निर्देशिका विपरीत अनधिकृत रुपमा केही व्यवसायीले बोरिङ तथा स्यालो ट्युबवेलबाट पानी निकालिरहेको सङ्घले जनाएको छ ।
सङ्घले बोर्डबाट केवल १९ वटा व्यवसायीले मात्र इजाजत लिएको जनाएको छ । तर उपत्यकाभित्र ३०० भन्दा बढी बोरिङ तथा स्यालो ट्युबवेल बिनाअनुमति सञ्चालनमा रहेको बताइन्छ ।
सङघका हरिकृष्ण कडेल भूमिगत पानीको कारोबारलाई व्यवस्थित बनाउन सरकारले व्यवसायीलाई सहयोग दिन आवश्यक रहेको बताउंछन् ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्र बम अनुमति नलिई सञ्चालनमा रहेका बोरिङ तथा स्यालो ट्युबवेलका सञ्चालकमाथि अनुगमन गरी कारबाही सुरु गरिएको बताउंछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री