लन्डन । बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूके आफ्नै भवन खरिद गर्न सफल भएको छ । डेढ वर्षको अथक प्रयासपछि संघले करिब तीन लाख ५० हजार पाउण्डमा घर खरिद गरेको हो । घर ७० कोभ रोड फ्लिटमा अवस्थित छ ।
हाउजिङ कमिटीका सदस्य एवं संघका सल्लाहकार योगकुमार फगामीका अनुसार, उक्त घरमा संघको कार्यालय रहनेछ भने मगर जाती सम्वन्धि धार्मिक कर्मकाण्डका लागि कार्यक्रम गर्न सकिने व्यवस्था छ । अब केही मर्मत गरि छिट्टै घर प्रयोगमा आउने बताइएको छ ।
घर किन्न सबै मगर जातीको पहल थियो । हाउजिङ कमिटी कोअर्डिनेटर एवं संघका उपाध्यक्ष राजन राना, सदस्यहरु जगत थापा, दलमान पुन, योगकुमार फगामी, घन थापा, संघका अध्यक्ष दूत पुन लगायत संघका समस्त पदाधिकारी, ट्रष्टीहरु, आजीवन सदस्यहरु, सदस्य र मगर समुदायबाटै चन्दा संकलन गरि घर किनिएको हो ।
हाउजिङ कमिटीले सबै चन्दादाताप्रति आभार समेत व्यक्त गर्दै आफ्नो महत्वकांक्षी योजना सफल भएकामा प्रसन्नता व्यक्त गरेको छ ।
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]