नेपालले जित्यो एसीसी यु-१६ प्रिमियर उपाधि

नेपालले मलेसियालाई ३२ रनले हराउँदै एसीसी यु -१६ प्रिमियरको उपाधि जितेको छ । नेपालले एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा यु-१६ को उपाधि मात्रै जित्न बाँकी थियो। मलेसियामा भएको प्रतियोगिताको निर्धारित ४० ओभरमा खेलमा १ सय ६२ बनाएको थियो । मलेसिया ३२ ओभर २ वलमा १ सय २९ रनमा समेटिएको थियो। नेपालका पवन सर्राफले २६ वलमा ४४ रन बनाए । फाइनल सरह मानिएको बुधबारको अन्तिम खेलमा सर्राफ नै ‘म्यान अफ दि म्याच’ चुनिए। प्रतियोगितामा सबैभन्दा बढी रन बनाएका मलेसियाली क्याप्टेन विरनद्वीप सिंह चौथो ओभरमै रन आउट भएपछि नेपाललाई दुई वर्षअघि पराजयको बदला लिन सहज बनेको थियो । दुई वर्षअघि मलेसियाले १ विकेटले पराजित गर्दै एसिसी यु-१६ एलिट कप जितेको थियो। यसअघि दुइ पटक प्रतियोगिताको नाम एसिसि एलिट कप राखिएको थियो। राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको पाँच वटै खेल जित्दै उपाधि नेपालले उचालेको हो। नेपालले मलेसियाअघि बहराइन थाइल्यान्ड सि‌गापुर ओमानलाई पराजित गरेको थियो।7053_752879578087509_2553591555298751173_n
बिहीबारको खेलमा नेपालले मलेसियाका चार ब्याट्सम्यानलाई रन आउट गरेको थियो। मलेसियाका लागि सबैभन्दा बढी फद्ली हरिसले ३४ रन बनाउँदै उपाधि जोगाउने आशा देखाएका थिए । २१ रनमा पवन सर्राफको क्याच छुटाउनु मलेसियाका लागि मह‌गो सावित भयो। ३० ओभरको खेल हुँदा नेपाल र मलेसियाले समान ६ विकेट गुमाउँदै १ सय ९ रन बनाएका थिए। तर त्यसपछि  मलेसियाले २० रन मात्रै जोड्न सक्यो। नेपाल क्रिकेट संघले विजेता टोलीका सदस्यलाई जनही २० हजार रुपैया पुरस्कार दिने घोषणा गरेको छ। विजयी टोली बिहीबार स्वदेश फर्किने छ।

 

विजेता :  नेपाल
मस्ट प्रोमिसिङ प्लेयर : अ‌कित खरेल (नेपाल)
बलर अफ द टुर्नामेन्ट : जितेन्द्र सिंह (नेपाल)
ब्याट्सम्यान अफ द टुर्नामेन्ट : विरनद्वीप सिंह (मलेसिया)
प्लेयर अफ द टुर्नामेन्ट : विरनद्वीप सिंह (मलेसिया)

10624916_752880158087451_445855430847948133_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री