खुश्बु चाैथो मिस यूएस् नेपाल

चौथो मिस यूएस् नेपालको उपाधि खुश्बु मिश्रले जितेकी छिन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा सम्पन्न प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिन्दै मिश्रले उपाधि जितेकी हुन् । Khusbu_Misraमिश्र अमेरिकाको ओहियो राज्यमा बस्छिन । प्रतियोगितामा क्यालिफोर्नियाकी सुष्मा शर्मा फस्ट रनर अप तथा नोरउडकी सुष्मा अधिकारी सेकेण्ड रनर अप बनेकी छिन् । प्रथम हुने मिश्रले  ५००० डलर बरावरको छात्रवृति, नेपाल आउने जाने हवाइ टिकट र चलचित्र निर्देशक सुरज सुव्वा नाल्बोको आगामी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन् । मिश्रलाई यसअघि मिस नेपाल यूएस् सुजिता वस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राइले ताज पहिरेका थिए ।
फस्ट रनर अपले तीन हजार र सेकेन्ड रनर अफले दुइ हजार अमेरिकी डलर छात्रवृति प्राप्त गरेका छन् । यस वर्षको टिकट विक्रीबाट संकलित रकम मध्येको १० प्रतिशत रकम हालै सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई प्रदान गर्ने आयोजक संस्था इप्लानेट नेपालका प्रमुख सन्तोष सापकोटाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री