क्यानाडाका नेपालीले तीज मनाए

canada1

क्यानाडाको एडमन्टन शहरका नेपाली महिलाहरुले महिलाहरुको चाड तीज रमाइलो गर्दै मनाएका छन् ।
गुरुकुल नेपाल एडमन्टनले शनिबार बोनी डोन कम्युनिटी लिगमा अयाोजन गरेको कार्यक्रममा महिलाहरुले नाचगान गरि तीज सम्झिए । कार्यक्रमको मुख्य आकर्षण भने नेपाली गायिका सुनिता दुलाल बनिन् । उनले करिव आधा दर्जन जति गीत गाएर दर्शकलाइ मनोरंजन गराइन । कार्यक्रममा महिलाहरुसंगै पुरुषको पनि सहभागीता थियो ।
गायिका दुलालसँग महिला पुरुषले संगै मनोरन्जन लिएका थिए । दुलालले गीत गाउदा अधिकांश स्टेज छेउ पुगेर नाचेका थिए । स्टेजमा नाच्न पुगेका अधिकांश महिलाले यस्ता कार्यक्रमले बिदेशमा बसेका नेपालीलाइ आफ्नो चाडपर्वका बेला नेपालमा हुन नपाउंदाको  न्यास्रो मेटाउने  बताए ।

10548073_857655364245467_5680560149229736130_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री