नास्ट उपकुलपतिमा पोखरेल

काठमाडौं, भदौ १६ (नागरिक)– प्रधानमन्त्री सुशील कोइरालाले नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्राध्यापक डा. जीवराज पोखरेललाई नियुक्त गरेका छन् ।
नास्टका कुलपति रहेका कोइरालाले सोमबार ललितपुर निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिको पदावधि ४ वर्षको रहनेछ । उपकुलपति सिफारिस गर्न विज्ञान, प्रविधि र वातावरण मन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र विज्ञान, प्रविधि र वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेले रहेको एक समिति बनेको थियो । समितिले डा. पोखरेललाई सर्वसम्मत सिफारिस गरेको थियो । कांग्रेस निकट पोखरेल यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष समेत  थिए । Nepal_Academy_of_Science_and_Technology_logo
विज्ञान, प्रविधि र वातावरणमन्त्री नास्टको पदेन सहकुलपति रहने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री