मनाङलाई हराउँदै झापा सेमीफाइनलमा

एन्फा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा झापा ए डिभिजनको क्लब मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले मनाङलाई २–१ ले पराजित गरेको हो। Bishal Rai झापाका लागि दुवै गोल विशाल राईले गरेका थिए । मनाङका लागि एक गोल दीपक राईले गरेका थिए । विशाल राईले खेलको १३ र ६८ औं मिनेट गोल गरेका थिए भने दीपकले ५३ औं मिनेटमा गोल गर्दै मनाङलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
नट आउट प्रतियोगितामा सहभागी अन्य टिममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, संकटा क्लब, थ्रिस्टार, मोरङ रहेको छ । प्रतियोगिताको विजयी टोलीले १० लाख रुपैया नगद हात पार्ने छ । उप विजेताले ५ लाख र सेमीफाइनलमा प्रवेश गर्ने टोलीले १ लाख रुपैया हात पार्ने छन् । प्रत्येक विधाको उत्कृष्ट खेलाडीहरु र प्रशिक्षकले जनही ५० हजार रुपैया हात पार्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन्।

तस्वीर सौजन्य : गोल नेपाल डट कम

प्रतिक्रिया

सम्बन्धित सामाग्री