युकेमा नेपाली युवा दश दिनदेखि बेपत्ता, खोजीका लागि बेलायती प्रहरीले गरे अपील

बेलायती प्रहरीले सार्वजिनक गरेको प्रदीप गुरुङको तस्वीर

बेलायती प्रहरीले सार्वजिनक गरेको प्रदीप गुरुङको तस्वीर

लण्डन । युकेमा बिदा मनाउन आएका एक नेपाली युवा दश दिनदेखि सम्पर्कविहीन भएपछि बेलायती प्रहरीको निदहराम भएको छ ।
प्रहरीका अनुसार बीरे भनिने २१ वर्षीय, प्रदीप गुरुङ बिदा मनाउन युकेमा आएका थिए । पछिल्लोपटक उनी स्कटल्याण्डको केथनेसमा देखिएका थिए । गत अगस्ट २३ शनिबारदेखि उनी हराएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार केथनेसबाट उनी कहाँ जाँदै थिए वा कता जाने उनको योजना थियो भन्ने खुल्न सकेको छैन ।
उनको पारिवारिक इस्टमित्र अल्डरसट क्षेत्रमा भएको आशंका गर्दै प्रहरीले उनी पनि सोही क्षेत्रमा हुनसक्ने लख काटेको छ । साथै प्रहरीले उनको तस्वीर पनि सार्वजनिक गरेको छ ।
उनलाई वा उनलाई देख्ने सर्वसाधारणलाई प्रहरीको फोन नम्बर १०१ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । जसबाट उनी सुरक्षित र सकुशल छन् भनी प्रहरी आश्वस्त हुन खोजेको बताइएको छ ।
यद्यपि उनी कहाँबाट के सिलसिलामा युके आइपुगेका थिए प्रहरीले थप खुलाएको छैन ।

प्रहरीले ब्यग्रताकासाथ उनको खोजी गरिरहेको बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री