वीरगञ्ज भन्सारमा अागलागी

वीरगञ्ग भन्सार कार्यालयको परिसरमा रहेको गोदामका भएको आगलागीमा करोडौ मुल्यको सामान जलेको छ । आगलागी भएको गोेदाम सरकारी स्वामित्वको नेशनल ट्रेडिङ लिमिटेडले सामान राख्ने प्रयोग गर्ने गरेको थियो । Birjung
जिल्लाका एसपी दिनेश लोहनीले राति २ बजे गोदामका आगो देखिएको जानकारी दिए ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई आगो नियन्त्रणमा लिन ८ घण्टाभन्दा बढी समय लागेको थियो । आगो नियन्त्रण गर्न ६ वटा दमकलको प्रयोग गरिएको थियो ।
वीरगञ्जस्थित कम्पनीको शाखाले आगालागीबाट कति क्षति भयो भनेर मूल्यांकन गर्न केही समय लाग्ने बताए ।
कार्यालयले गोदाममा कम्प्युटर, म्युजिक सिस्टम, तयारी पोशाक, फिर्निचर, खाने तेल, टेलिकम्युनिकेशनका उपकरणहरु रहेको जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुसँग कुरा गर्दै गोेदामका पाले गामबहादुर परियारले बिहान करिब २ बजे विजुलीको तार जलेको गन्ध आएपछि मेन स्वीच बन्द गरेको बताएका छन् । ‘आगोको मुस्लो देखेपछि मैले प्रहरीलाई खबर गरे,’ परियारले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री