थ्री स्टारलाई हराउँदै एपीएफ सेमीफाइनलमा

सशस्त्र प्रहरी(एपीएफ) थ्रिस्टार क्लबलाई पराजित गर्दै एन्फा कप फुटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालाम बुधबार भएको खेलमा एपीएफले थ्री स्टारलाई १–०ले पराजित गर्ंयो। खेलका अन्तिम समयमा एएफपीका राजन विष्टले निर्णायक गोल गरेका थिए।
एन्फा कप फुटवल प्रतियोगितामा अप्रत्याशीत नतिजा आउने क्रम जारी छ । मंगलबार उद्घाटन खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै झापा एघार सेमीफाइनलमा प्रवेश गरेको थियो । एपीएफ र झापा एघारबीच सेमीफाइनल खेल हुने छ ।
आठ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले १० लाख रुपैया हात पार्नेArmed_Police_Force_logo छ । उप विजेताले ५ लाख रुपैया र सेमीफाइनलमा प्रत्येक टिमले १–१ लाख रुपैया पाउने छन् । प्रतियोगितामा सहभागी अन्य टोलीमा संकटा क्लब, मोरङ एघार, नेपाली सेना र नेपाल प्रहरीको टिम रहेका छन् ।

APF

प्रतिक्रिया

सम्बन्धित सामाग्री