६ राजदूतको नाम सिफारिस, बेलायत अझै खाली

सरकारले ६ देशमा राजदूत नियुक्तिका लागि बिहीबार सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले क्यारियर डिप्लोम्याटबाट खगनाथ अधिकारीलाई थाईल्याण्ड, दीपक धिताललाई राष्ट्र संघीय स्थायी नियोग (जेनेभा)-स्वीट्जरल्यान्ड, यज्ञबहादुर हमाललाई कुवेत, अमृत राईलाई दक्षिण अफ्रिका, कालीप्रसाद पोखरेललाई क्यानडा र अम्बिका लुईटेललाई फ्रान्सको लागि राजदूत सिफारिस गरेको हो ।

बेलायतस्थित नेपाली दूतावास राजदूतबिहीन भएपनि सरकारले नियुक्त गरेको छैन । सुरेशराज चालिसे फेब्रुअरीमा नेपाल फर्केदेखि दूतावास राजदूतविहीन रहँदै आएको छ । आर्कषक पोस्टिङ मानिने बेलायतमा आफ्नै मानिसलाई राजदूत बनाउन सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको जोड छ ।

नियुक्ति गरेको व्यक्तिमाथि संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै सिफारिस भएको व्यक्तिलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने छन् । भारत लगायत  दर्जन कुटनीतिक नियोग प्रमुख खाली  छ । सत्तारुढ दलहरुबीच भागबण्डा नमिल्दा नियुक्ति प्रक्रिया रोकिएको हो । भारत, जर्मनी, अमेरिका, इजिप्ट, कतार, श्रीलंका, कुवेत र ब्राजिल, बहराइन रओमनमा Foriegn Ministry of Nepalराजदूत नियुक्त गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री