संकटा पनि सेमीफाइनलमा

संकटा क्लब दशरथ रंगशाला जारी एन्फा कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मोरङ एघारलाई १–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । संकटा क्लबका वर्षात गुरुङ ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । सेमीफाइनलमा प्रवेश गर्ने अन्तिम टोली संकटाले आफ्नो स्थान पक्का गर्नका लागि नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने छ । यसअघि झापा एघार र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमीफाइनलमा प्रवेश गरी सकेका छन् । नBarsat Gurungकआउट प्रतियोगिताको फाइनल जित्ने टोलीले १० लाख रुपैया हात पार्ने छ । उप विजेताले ५ लाख र सेमीफाइनलमा पुग्ने अन्य टोलीले एक एक लाख रुपैया पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोटरसाइकल प्रदान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रशिक्षकसहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५० हजार रुपैया प्रदान गरिने छ । ए डिभिजन र विभागीय गरी ८ टोलीको प्रतियोगितामा सहभागी छन् । मनाङ मर्स्याङ्दी क्बल, थ्रिस्टार क्लब र नेपाल प्रहरी पहिलो खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

फोटो सौजन्य : गोल नेपाल डट कम

प्रतिक्रिया

सम्बन्धित सामाग्री