बेपत्ताको ‘बेलायतले औपचारिक जानकारी गराएको छैन’

कतार सरकारले उसको देशमा बेपत्ता भएका नेपालीमुलका दुई बेलायती मानवअधिकारवादीहरुको बारेमा बेलायत सरकारसँग थप जानकारी माग गरेको छ । बेलायती दुतावासले त्यस विषयमा औपचारिक जानकारी नगरेको कतार सरकारले जनाएको छ । कतारको विदेश मन्त्रालयले बेपत्ता रहेका उनीहरुको खोजीलाई तीव्र पार्न थप जानकारी बेलायती सरकारबाट मागिएको जनाएको छ । ‘कतार विदेश मन्त्रालयको जवाफ प्राप्त गरेका छौं । त्यो निकै नम्र र कुटनीतिक प्रकारको छ । त्यसमा उनीहरुको विस्तृत विवरण प्राप्त भए उनीहरुसँग(कृष्ण र गुणदेव)सँग तिम्रो(जिएनआरडी) संवाद गराउन सक्ने थियौ भनिएको छ,’ ग्लोबल नेटवर्क फर राइट एन्ड डेभ्लोप्मेन्ट(जिएनआरडी)ले पठाएको इमेलमा भनिएको छ । यसअघि दुवैको अवस्थाको बारेमा तत्काल सार्वजनिक गर्न सहयोगको माग गर्दै जिएनआरडीले कतार सरकारलाई पत्र पठाएको थियो । नर्वेमा मुख्यालय रहेको गैर सरकारी संस्थाका लागिका लागि काम गर्न अगस्ट २७ मा कतार पुगेका मानवाअधिकारवादी कृष्ण उपाध्याय(५२) र गुणदेव घिमिरे(३६) गत आइतबारदेखि बेपत्ता छन् । उनीहरु कतारमा रहेका आप्रवासी कामदारको अवस्थाको बारेमा अनुसन्धान गर्न त्यहाँ पुगेका थिए । krishna Gun frontयसअघि घिमिरेको परिवारसँग भेट्न पुगेकाहरुलाई परिवारिक स्रोतले उनीहरु कतारी हिरासतमा सकुशल रहेको जानकारी प्राप्त भएको जनाएको थियो । उपाध्यायले नर्वेस्थित हेडक्वाटरलाई टेक्स्ट म्यासेज पठाउँदै फोटोग्राफर घिमिरेलाई सादा पोशाकमा रहेका कतारी प्रहरीले पिछा जानकारी गराएका थिए । त्यसपछि जिएनआरडीले दुवै जनालाई तत्काल कतार छाड्न सल्लाह दिएको थियो । सो सस्थाले उनीहरुको अवस्था बारेमा बुझ्नका लागि कतारस्थित बेलायती दुतावास र संयुक्त राष्ट्र संंघीय मानवअधिकारको उच्चयुक्तको कार्र्यालयमा सम्पर्क गरेको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनले दुवैको अवस्था बारे चासो व्यक्त गरेको छ । एम्नेस्टीेले कतारमा नेपाली कामदारको अवस्था अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्ता उपाध्याय र फोटोग्राफर घिमिरे अगस्ट ३१ मा होटल छाडेपछि नदेखिएको जनाएको छ ।

कतारमा वेपत्ता रहेका नेपाली मुलका बेलायती मानवअधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरेको शिघ्र रिहाईको माग गर्दै ब्रसेल्सस्थित कतारी दुतावासअघि शुक्रबार प्रदर्शन जिएनआरडी-ब्रसेल्सका कर्मचारीहरु । तस्वीर सौजन्य : जिएनआरडी

कतारमा वेपत्ता रहेका नेपाली मुलका बेलायती मानवअधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरेको शिघ्र रिहाईको माग गर्दै ब्रसेल्सस्थित कतारी दुतावासअघि शुक्रबार प्रदर्शन जिएनआरडी-ब्रसेल्सका कर्मचारीहरु । तस्वीर सौजन्य : जिएनआरडी

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री