बुधबार, मंसिर ५ २०७५ | Wed, November 21, 2018
नेपालको समय: ०३:५१ | UK Time: 22:06

अन्जु पन्त र सिक्नु पर्ने पाठ

विनेपाली
२०७१ भदौ २२ गते १४:०८

1891530_10152086906603558_723673814_o

हामीले हाम्रो सन्ततिलाइ कस्तो शिक्षा दिइरहेका छौं । कतै उनीहरुले बाँच्नै नसक्ने वातावरणको त  हामीले निर्माण गरिरहेका छैनौँ ? हामीले एकपल्ट यो सोच्नै पर्छ कि हामी कुन युगमा के का लागि बाँचिरहेका छौं ।

सही र गलत बीचको भिन्नता एउटा विश्लेषणात्मक धर्काले मात्र छुट्याएको हुन्छ । कुनै पनि कुरा पूर्णत सही र पूर्णत गलत हुँदैन । भौतिक विज्ञानको हिसाबमा हेर्ने हो भने पनि सून्य भन्दा तल गए ऋणात्मक र माथि गए घनात्मक तर मान एउटै निस्कने कुरा दर्शाइन्छ । त्यसैले होला सायद अत्यधिक रुपमा दुःखी हुँदा होस या अत्याधिक रुपमा खुशी हुँदा दुवै क्षणमा मानिसको आँखा बाट आँशु आउँछ ।

जैविक मात्र नभई जातिय, भाषिक एव भौगोलिक विविधता रहेको देशलाई सन्तुलनमा राख्न आवश्यक पर्ने शिक्षा नै प्रदुषित गर्दै लैजाने हो भने विविधताले सून्य भन्दा मुनिको परिणाम मात्र दिनेछ । हुन् गायिका अन्जु पन्त । सायद धर्म परिवर्तन गर्दा उनलाई उनका अगुवाहरुले नै त्यस्तै सिकायो सायद जुन उनले विश्वास गरिन् ।

उनले गाउनु नगाउनु उनको व्यक्तिगत अधिकार तर समाजमा जुन किसिमको शिक्षाको विस्तार हुने क्रम जारी छ, यसलाई यत्तिकै छाड्ने हो भने बल्ल बल्ल हट्दै गैरहेको छुवाछुत एवं जातिय भेदभावको जराहरुमा धार्मिक हाँगा उमारेर मलजल दिइ फैलाउन कार्य गरे सरह हुनेछ । यस्तो व्यवहारले समाजिक शिक्षामा पक्कै सकारात्मक असर जाँदैन भन्ने ठानेर मैले उल्लेखित पंक्ति फेसबुक वालमा लखेको थिएं ।

“कलाको कुनै धर्म हुँदैन कलाको कुनै जात हुँदैन
अरुको धर्म र विश्वासको आदर गरे आफ्नो अस्तित्व बर्बाद हुँदैन ।
हुँदा हुँदा यो देशमा कस्ता कस्ता बकम्फुसे सिध्दान्तको विकास हुन लाको पो देखियो
आफ्नो पिताको आदर गर्नेले अरुको पिताको नाम भन्न नहुने हैन कुन धर्मशास्त्रमा लेखियो ।”

तर मानिसहरुको घृणाको सीमा पार हुँदै जुन तरिकाले उसलाई गाली गलौज गरियो त्यो देख्दा मनै खिन्न भयो । अनि मैले यो अर्को पोष्ट फेसबुकमा राखेँ ।

“हामीले शिक्षा दिने हो सजाय होइन । अब माफी मागिसकेपछि त हामीले माफी दिनु पर्छ ताकी बाँकीले शिक्षा पाउँन । चाहिने भन्दा बढी सजाय दिनु उत्पीडनमा पार्नु हो जुन मानवअधिकारको ठूलो उल्लङ्घन हो । गाँठे यति कुरा बुझे नेपालमा धेरै मानिसले फोकटमा ज्यानै दिनु पर्थेन ।”

सबै भन्दा ठूलो कुरा भनेको शिक्षा हो । शिक्षालाइ नै सही मार्गमा ल्याउन सके सबैको जीवनमा सरलता आउँथ्यो । सवाल अन्जु पन्तको मात्र नभइ त्यस्ता समुदायका व्यक्तिहरुको लागि हो जसलाई सजिलै वहकाउमा ल्याउन सकिन्छ । जसका उपर घृणाको राजनीति गर्न सकिन्छ बन्दूक बोकाइन सकिन्छ । त्यसैले शिक्षालाई सकारात्मक ढगले फैलाउनु पर्छ ताकी उनीहरुले अर्को जातिय भौगोलिक वा धार्मिक जुनसुकै समुदायलाई हेर्ने दृष्टिकोणमा हेय एव घृणाको भावना नरहोस् ।

कसैले गाउन मानेन भने त्यसलाई जबर्जस्ती गर्ने अधिकार कसैको छैन । तर घृणाको राजनीति गर्ने हाम्रो देशमा विशुद्ध भावनाले अन्जु पन्तको टिप्पणीलाई बाहिर ल्याइएको चाहिँ हैन भन्न सकिन्छ । तर जे भएपनि यसले केही मात्रामा कलाकारहरुलाई सजग बनाउन सके वा यसबाट पाठ लिन सके भने यो कुरा सन्देशमूलक नै मान्न सकिन्छ ।

शिक्षा विस्तारमा उदाहरणहरुको प्रयोगले सरलता ल्याउने कार्य गर्छ । सायद अन्जु पन्तको उदाहरणले जातिय वर्गीय वा धार्मिक कुनै किसिमको विभेद गर्ने हौसला कुनै कलाकारलाइ प्रदान नहोस् भन्ने कामना गर्दछु ।

अन्त्यमा मेरा माता पिता क्रिस्चियन हुनुहुन्छ तथा मेरो जीवन संगिनी हिन्दू । ८ वर्षको उमेरमा क्रिस्चियन बन्न पुगे यसका बाबजूद आज कुनै मन्दिरमा बाटोमा पर्यो भने मेरो संगिनीको आस्थाको सम्मान गर्दै उक्त मन्दिरलाई चक्कर लगाइ उनैका तर्फबाट ढोग चढाउँछु बदलामा मेरी संगिनीले पनि त्यही गर्नु पर्छ भन्ने विचार भने पटक्कै राख्दिन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक