गैरकानूनी रुपमा अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ

ल्याटिन अमेरिकी देशहरु हुँदै गैरकानुनी रुपमा संयुक्त राज्य अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिका प्रहरीले पक्राउ परेको नेपालीसँग कुनै काजगात नभएको जनाएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार ७ र सोमबार २७ गरी कागजातविहीन ३४ नेपाली पक्राउ परेको जनाएको छ । पक्राउ पर्ने नेपालीको नाम र ठेगाना खुलाइएको छैन । प्रहरीले मध्य प्यासेफिक कोस्ट र पानामा सीमा

गैरकानुनी रुपमा कोस्टारिका प्रवेश गरेपछि पक्राउ परेका नेपालीहरु। तस्विर : सार्वजनिक सुरक्षा मन्त्रालय कोस्टारिका

गैरकानुनी रुपमा कोस्टारिका प्रवेश गरेपछि पक्राउ परेका नेपालीहरु। तस्विर : सार्वजनिक सुरक्षा मन्त्रालय कोस्टारिका

नजिकैको पासो कानोआसबाट पक्राउ गरेको हो । शुक्रबार नियमित चेक जाँचको क्रममा युएसबी भ्यानमा रहेका नौ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सात नेपाली र २ बंगलादेशी नागरिक थिए । गाडीका चालकमाथि मानव तस्करीको अभियोगमा मुद्दा चलाइने बताएको छ । ती सबैैलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोस्टारिकाका सार्वजनिक सुरक्षामन्त्रीले अमेरिका जान खोज्नेहरुलाई बाटोको रुपमा सो देशको प्रयोग गर्ने बताएका छन् । लाखौ रुपैया खर्च गरेर विभिन्न ल्याटिन अमेरिकी हुँदै वार्षिक रुपमा चार सयभन्दा बढी नेपाली गैरकानुनी रुपमा अमेरिका छिर्ने गरेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री