अखिल क्रान्तिकारीको अध्यक्षबाट शर्माको राजिनामा

काठमाडौं, भदौ २५ (नागरिक)– एकीकृत नेकपा माओवादीको भातृ सगठन अनेरास्ववियु(क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले पदबाट राजीनामा दिएका छन् । Himal Sharmaचैतमा भएको महाधिवेशनमा नेतृत्व विवाद भएपछि पार्टी हेडक्वाटरले शर्मालाई नै अध्यक्षमा दोहोर्याएको थियो । त्यस समयमा तीन महिनापछि सांगठनिक सम्मेलन गरी नेतृत्व हस्तान्तरण गर्ने सर्तमा शर्मा पुन: अध्यक्ष बनेका थिए ।

उनी सन् २०११ मा अनेरास्ववियुको अध्यक्ष बनेका थिए ।

काठमाडौं जिल्लाका पार्टी अध्यक्षसमेत रहेका शर्माले अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएपछि अखिल(क्रान्तिकारी)संगठन नेतृत्वविहीन बनेको छ ।

महत्वपूर्ण संस्थाको दुइटा कार्यकारी पदमा बस्नु समग्र आन्दोलननिम्ति पनि फाइदा नहुने भएकाले राजीनामा दिएको शर्माले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री