सरकारले चेपाङ र गन्धर्वहरुलाई नयाँ घर बनाइिदने

गोरखा। सरकारले यस वर्ष ८० घर चेपाङ र २० घर गन्धर्व समुदायलाई नयाँ घर बनाइदिने भएको छ ।
सहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रमअन्तर्गत गोरखाका विभिन्न गाविसमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक चेपाङ र गन्धर्वलाई १०० घर बनाइदिन लागेको हो ।
घर निर्माणका लागि सरकारले यस आर्थिक वर्ष रु दुई करोड पाँच लाख विनियोजन गरेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ ।
घ्याल्चोक, भुम्लिचोक, ताङ्लिचोक, मकैसिङ, ताक्लुङ र मनकामना गाविसमा बसोबास गर्ने चेपाङ र गोरखा नगरपालिका, मसेल, पालुङ्टार र आँपपिपल गाविसमा बसोबास गर्ने गन्धर्व समुदायलाई नयाँ घर बनाइदिन लागिएको हो’ डिभिजन प्रमुख श्यामकिशोर सिंहले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री