एकीकृत माओवादी नेता बोगटीको स्वास्थ्य गम्भीर

मस्तिष्कघात र हृदयघातपछि नर्भिक अस्पतालमा उपचाररत एमाओवादी नेता पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चिकित्सकहरूका अनुसार बोगटीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । posta-bahadur-bogati
लामो समयदेखि उच्च रक्तचापबाट पीडित बोगटीले छातीमा पीडा महसुस गरेपछि बिहीबार राति गंगालाल हृदयरोग केन्द्र पुर‌्याइएको थियो ।
चिकित्सकका अनुसार बोगटीको  मस्तिष्कमा देब्रेतर्फको बीच भागमा ठूलो चोट एवं रगत जमेको छ । उनलाई परिवारका सदस्य तथा पार्टीले थप उपचारका लागि विदेश लैजान खोजेपनि चिकित्सकहरुले अवस्था गम्भीर भएको अस्वीकार गरेका छन् ।

मस्तिष्कको उपचार गर्न बोगटीलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको थियो । बोगटीलाई न्युरोलोजिस्ट डा. पंकज जलान नेतृत्वको टोलीले उपचार गरिरहेको छ । मुटुसम्बन्धी उपचारमा गंगालालकै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट गर्दै आएका छन् । चिकित्सकले मस्तिष्कघात र हृदयघात एकैपटक भएकाले दिनुपर्ने औषधिसमेत दिन नसकिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री