अखण्डतामाथि आँच पुर्‌याएको आरोपमा राउत पक्राउ, ६ दिन हिरासतमा

मोरङ जिल्ला प्रहरीले शनिबार राति पक्राउ गरेका मधेशका अभियन्ता डा. सिके राउतविरुद्ध अनुसन्धान शुरु भएको जनाएको छ । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गणेशराज कार्कीले राउतलाई ६ दिनको प्रहरी हिरासतमा पठाएको बताएका छन् । कार्की राष्ट्रिय अखण्डतामा आँच आउने गरी बोलेको रेकर्ड आफूसँग रहेका बताए । शनिबार राति पक्राउ गरिएका राउतलाई कसैसँग पनि भेट दिएको छ । OLYMPUS DIGITAL CAMERA
मोरङ प्रहरीका डिएसपी प्रभु ढकालले राउतविरुद्ध अनुसन्धान भैरहेको र उनलाई सार्वजनिक अपराध ऐनअनुसार पक्राउ गरिएको जनाएका छन् । गत महिना राजनीति सहमति तथा संवाद सहकार्य समितिको बैठकमा राउतले मधेशमाथि निरान्तर दमन भए त्यो देशबाट छुटिएर स्वतन्त्र देश बन्ने बनाएका धारणा राखेका थिए । ‘मधेशको इतिहास नामको पुस्तक लेखेका राउतका एक दर्जनभन्दा दस्तावेज प्रकाशित छन् । सप्तरी महदेवाका राउत पेशा वैज्ञानिक हुन् ।
पछिल्लो समयमा राउतलाई गृह मन्त्रालयले निगरानी राख्दै आएको थियो । उनलाई पक्राउ गर्न मन्त्रालयले एक साता अघि नै निर्देशन दिएको छ ।
यसैबीच पूर्व प्रधामन्त्री बाबुराम भट्टराई राउतलाई पत्राउ गरेर सरकारले ठूलो गल्ती गरेको भन्दै रिहा गर्न माग ग्रेका छन् । आफ्नो ट्वीटरमा भट्टराई राउतको धारणामा सहमत हुन नसकिने पनि जनएक(ा छन् । त्यसैगरी पद्मरत्न तुलाधरसहितका एक डेढ दर्जन मनाधिकारवादीहरुले पनि राउत रिहाइको मागगरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री