एमाओवादी नेता बोगटीको निधन

काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको नर्भिक अस्पताल थापाथलीमा सोमबार बिहान निधन भएको छ । पूर्व प्रधानमन्त्री तथा माओवादीका नेता बाबुराम भट्टराईले बोगटीको सोमबार बिहान निधन भएको बताएका छन् । बोगटीको बिहान ७ बजेर २५ मिनेटमा निधन भएको हो ।posta-bahadur-bogati
हृदयघात र मस्तिष्कघात भएपछि बोगटीलाई बिहीबार राति गंगलाल अस्पताल भर्ना गरिएको थियो । गंगालालमा मुटुको शल्यक्रिया गरेपछि न्युरो सम्बन्धी उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । पार्टीभित्र दिवकरका नामले चिनिने ६२ वर्षिय बोगटीको श्रीमति, २ छोरी छन् ।

Post_Brb

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री