कांग्रेस केन्द्रीय सदस्यमा ६ जना मनोनित

महाधिवेशन भएको चार वर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ६ पूर्ण र ६ आमन्त्रित गरि १२ जना केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

Congress-flagपूर्ण केन्द्रीय सदस्य अन्तर्गत जुम्लाका दीनबन्धु श्रेष्ठ, महोत्तरीका श्याम घिमिरे, तनहुँका गोबिन्द भट्टराई, मोरङका गुरु घिमिरे, तनहुँका प्रदीप पौडेल रहेका सभापति सुशील कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी रिक्त रहेको एक स्थानमा सभापति कोइराललाले कञ्चनपुरका रामप्रताप लोहारलाई मनोनयन गरेका छन् । भट्टराई, घिमिरे र पौडेले भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरु हुन् । त्यसैगरी आमन्त्रित केन्द्रीय सदस्यमा कञ्चनपुरका यज्ञराज जोशी, सुनसरीकी दिलकुमारी राई, धनुषाका भोला चौधरी, डडेलधुराका केशव सिंह, बर्दियाका महेन्द्र शर्मा, महोत्तरीका कल्याण गुरुङ रहेका छन् । सिंह, शर्मा र गुरुङ विद्यार्थी राजनीतिबाट आएका हुन् ।
१२ औं महाधिवेशनको कार्याकाल सकिन एक साता बाँकी रहेको समयमा कोइरालाले केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।

letter

प्रतिक्रिया

सम्बन्धित सामाग्री