पर्वत वेलफेयर सोसाईटी युकेमा नयां कार्यसमिति

10575453_702655326487773_8498677891080654247_o
लण्डन । पर्वत वेलफेयर सोसाइटी युकेको अधिवेशनले नरजंग गुरुङको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ । दुई बर्षे कार्यकालका लागि गुरुङको अध्यक्ष्तामा नयां कार्यसमिति चयन गरेको हो । आइबार तमु भवन मिचेतमा आयोजित साधारणसभाले उपाध्यक्षद्धयमा दधी आचार्य र डम्मर गुरुङ, महासचिवमा धन क्षेत्री, सचिवमा हरी गुरुङ, कोषाध्यक्षमा दिपक जोशी, सहकोषाध्यक्षमा सरोज केसीलाई चयन गरेको छ ।
त्यस्तै बल बहादुर क्षेत्री, शिव -पस्मिन) शर्मा, हर्क गुरुङ, सन्तोष पुन, चित्र प्रकाश पुन, होम बहादुर पुन, जंग बहादुर गुरुङ, बुद्धि बहादुर गुरुङ, कल्पना गुरुङ, आश राम गुरुङ, जुमकाजी गुरुङ, राजकुमारी गुरुङ, मनमायां गुरुङ, याम कुमारी गुरुङ, पञ्च कुमारी गुरुङ, पम्फा कुमारी गुरुङ, मञ्जु राई गुरुङ, पार्वती पुन सदस्यमा चयन भएका छन् ।
निर्वाचन समितिका मे.रि. खुशीमान गुरुङ, पुरन गिरी र एक प्रसाद पुनको समितिले सर्वसम्मत भएको घोषणा गरेको  थियो । निर्वाचन समितिका संयोजक गुरुङले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । संस्थापक अध्यक्ष हितकाजी गुरुङ र अध्यक्ष रश बहादुर गुरुङद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको साधारणसभामा पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार एवं एनआरएन आइसीसीका सदस्य कुल आचार्यले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै संस्थाका पुर्व अध्यक्ष पुरन गिरीले पनि नव निर्वाचत कार्यसमितिलाई शुभकामना दिए । सो अवसरमा पर्वतको कुश्मामा आएको बाढी  पहिरो पीडित परिवारलाई सहयोग स्वरुप आर्थिक संकलन गरिएको थियो ।
कार्यक्रममा तमुधिं युकेका उपाध्यक्ष ज्ञाम गुरुङले पनि नव निर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिएका थिए । साधारणसभामा उनले राफल ड्र समेत गराएका थिए । महासचिव दधि आचार्यद्धारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष चन्द्र बहादुर गुरुङले स्वागत मन्तव्य दिए भने अर्का उपाध्यक्ष गोविन्द गुरुङले सहभागीलाई धन्यवाद दिएका थिए ।
यसअघि कार्यक्रम संयोजक नरजंग गुरुङले कार्यक्रमको शुरुवात गर्दै हेल्थ एण्ड सेफ्टीबारे ब्रीफ गरेका थिए । सो अवसरमा बेलायत भ्रमणमा रहेका पर्वतवासीहरु मायांदेवी भण्डारी, लालबहादुर गुरुङ र श्रीमती मुना गुरुङ, तथा फिल्म डाइरेक्टर मनोज गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन आर्थिक रुपमा सहयोग गरेका स्पोन्सरहरु क्यापिटल कारका पुरन गिरी, पोखरा ट्राभल्सका ज्ञाम गुरुङ, व्यवसायी रबी लामिछाने, गोर्खा बराहा ज्वलरीका मिठुलाल विश्वकर्मा, होलीकाउ रेष्टुरेण्टका प्रोपाइटर कुल आचार्य, गोर्खा स्क्वायर रेष्टुरेण्ट रेडिङका दिपक गुरङलाई पनि सम्मान गरियो ।
पर्वत जिल्लाबाट बेलायत आई विभिन्न क्षेत्रमा ख्याती कमाएका पुन समाज युकेका अध्यक्ष एक प्रसाद पुन, शेर पुन, साहित्यकार सुमल कुमार गुरुङ, कलाकारहरु ज्योत्सना गुरुङ, रेखा गुरुङ, लिना गुरुङ, आमा समुहका मायां पुन, विमला पुन र पार्वती पुन, अमृता लिंङ्देली मगर, दिप सागर थापा, पत्रकार रञ्जित बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार हरीकाजी गुरुङ, पुन समाजका निवर्तमान अध्यक्ष अति प्रसाद पुन, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।  ब्रिटिश गोर्खा पल्टन सेकेण्ड जीआरका सदस्यहरु पनि कार्यक्रममा सहभागी थिए ।
नरजंग गुरुङको संयोजनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु ज्योत्सना गुरुङ, रेखा गुरुङ, लिना गुरुङ, आमा समुहका मायां पुन, विमला पुन र पार्वती पुनले नृत्य प्रस्तुत गरे भने अमृता लिंङ्देली मगर, दिप सागर थापाले गीत गाए । त्यस्तै संयोजक गुरुङले पनि गीत गाएर सबैलाई मनोरञ्जन दिए । सो अवसरमा गोर्खा स्क्वायर रेष्टुरेण्ट रेडिङले खाना प्रवन्ध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री