क्लव फिप्टी यूकेको दशैं पार्टी गरिवलाई सघाउन

लन्डन । झट्ट हेर्दा रमझमका लागि मात्र गरिए झैं लागेपनि पृथक थियो कार्यक्रम उद्देश्य । न प्रमुख अतिथी, न खादा सम्मानको सस्तो प्रचलन । सिमित निम्तालु तर मन फराकिलो भएका । हालै गठन भएको क्लव फिप्टी यूकेले गत शनिवार पहिलो दशैं पार्टी आयोजना गर्यो सिभिल इन्जिनियर पव, लन्डनमा । उद्देश्य के भने पार्टी गरेर संकलित रकम नेपालमा दुःख र आपतविपत झेलेका व्यक्तिलाई सघाउन पठाउने रहेछ ।

कार्यक्रममा उक्त संस्थाका अध्यक्ष उत्तम खड्काले संक्षिप्त मन्तव्य दिंदै क्लव फिप्टी यूके गठन गर्नुको उद्देश्य नै अप्ठेरोमा परेका नेपालीलाई सघाउनु 
रहेको बताए । भावी दिनमा अरु सक्रिय भएर सामाजिक काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै खड्काले क्लव फिप्टी यूकेले सुनकोशी बाढी पीडितका लागि यसअघि एक लाख एघार हजार रुपैयां पठाइसकेको पनि जनाए ।
उक्त अवसरमा संस्थाका सदस्यहरु मिन रानाभाट, भरत रोका, अन्जान बगाले लगायतले पनि संस्थाको पवित्र उद्देश्य अरु प्रष्ट्याएका थिए ।
उक्त अवसरमा सहभागीहरु डिजे डान्स र स्वादिष्ट खानामा रमाएका देखिन्थे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री