कुवेतसँग नेपाल ५-०ले पराजित, एसियाडबाट बाहिर

दक्षिण कोरियाका जारी एशियाली गेमअन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली ५–०ले पराजित भएको छ । पराजयसँगै नेपाली यु-२३ टोली इन्चोन एसियाडबाट बाहिरिएको छ । यसअघि नेपाल इराकसँग ४–०ले पराजित भएको थियो । nepal
बुधबारको खेलमा कुवेतका कप्तान अल सायेना सानीले ह्याट्रिक गरेका छन् । उनले खेलको ६५, ७३ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोल खाएको थियो ।  कुवेतका लागि १९ औं मिनेटमा हमदानले गरेका थिए भने बाँकी गोल फहदले गरेका थिए । नेपालले आइतबार अन्तिम खेल जापानसँग खेल्ने छ । Kuwaitतस्वीर सौजन्य : गोलनेपाल डट कम

प्रतिक्रिया

सम्बन्धित सामाग्री