‘मन्त्रिपरिषदमा कुनै फेरबदल छैन’

प्रधानमन्त्रीको कार्यालयले मौजुदा मन्त्रिपरिषदमा कुनै फेरबदल नभएको जनाएको छ । प्रधानमन्त्री स्वकीय सचिवालयको तर्फबाट जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषदको फेरबदलको समाचारलाई निराधार भन्दै खण्डन गरेको छ ।Sushil_Koi

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले केही सञ्चार माध्यमहरुले मन्त्रिपरिषदमा फेरबदल भन्दै प्रकासित गरिएको समाचारले प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण भएको जनाएका छन् । ‘मन्त्रिपरिषदमा कुनै फेरबदल भएको छैन । सञ्चारकर्मी मित्रहरुमा निराधार, अपुष्ट र प्रमाण बिनाका समाचारले भ्रममात्र सिर्जना गर्ने यथार्थप्रति ध्यान दिन अनुरोध छ,’ विज्ञप्तिमा भएको छ ।

प्रधानमन्त्री सुशील कोइराला दुई साता लामो विदेश भ्रमणमा निस्कनुअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने र समाचार विभिन्न सञ्चार माध्यमले प्रशारण गरेको थिए । कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्रलेखा यादव र शहरी विकास मन्त्री नारायण खड्काको विदा दिएर नयाँ व्यक्ति ल्याउन लागेको समाचार सार्वजनिक भएका थिए ।

mp - Copy

प्रतिक्रिया

सम्बन्धित सामाग्री