सुराकीलाई ट्राफिकको रिचार्ज कार्ड

सवारी नियम उल्लङ्घन गर्नेको जानकारी दिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले एकसय रुपैयाँको रिचार्ज कार्ड दिने भएको छ । सवारी नियम उल्लङ्घन गरिएको पुष्टि हुने गरी ट्राफिक प्रहरीलाई जानकारी दिएमा तुरुन्तै रिचार्ज कार्ड प्रदान गर्ने ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।Recharge

यातायात व्यवसायी समिति गोरखासँगको समन्वयमा ट्राफिक प्रहरीले रिचार्ज कार्ड दिने भएको हो । ट्राफिक प्रहरीले व्यस्त चोकमा हेल्प डेस्क स्थापना गरेर रिचार्ज कार्ड अभियान सुरु भएको बताएको छ ।
गोरखाको हरमटारी चोक, क्षेत्र नम्बर २ प्रवेश गर्ने बाह्रकिलो बजार चोक, क्षेत्र नं ३ को घ्याम्पेसाल चोक, दोस्रो व्यापारिक केन्द्र आरुघाट बजार, क्षेत्र नं २ को पालुङटार, भच्चेक, छोप्राकको चोरकाटेलगायतका ठाउँमा पनि हेल्प डेस्क स्थापना गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी चालकले ट्राफिक नियम उल्लङ्घन गरेको जो–कोहीले देखेमा प्रहरीको पैसा नलाग्ने टेलिफोन १०० मा तुरुन्तै सम्पर्क गरेर जानकारी दिन सर्वसाधारणलाई ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री