गायिका शर्मिला वर्देवाको एकल कन्सर्ट तयारी पूरा

sharmila bardewa

लण्डन । नेपाली सुगम संगीतकी स्थापित गायिका शर्मिला बर्देवाले हिन्दूहरुको महान पर्व बडादशै तथा शुभ दिपावलीको अवसर पारेर यही आउँदो २१ र २८ सेप्टेम्बर साँझ लण्डनस्थित ह्यारो फुटबल क्लब र फार्न्बरो स्थित श्यामुयल कोर्डी स्पोर्ट कलेजमा एकल साँझ गर्दैछिन् ।
अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा आयोजना गरिएको पत्रकार एवं समाजसेवीहरुसंगको छलफल कार्यक्रममा उनले आफ्नो तर्फबाट सबै तयारी सकिएको र अब दर्शकको साथ र सहयोगको खाँचो रहेको बताइन् ।
आफ्नो करिब २० वर्षे साङ्गीतिक यात्राकै पहिलो एकल साँझ भएकाले पनि दर्शकको विशेष सहभागिता अनी साथ पाउनेमा ढुक्क भएको उनले बताइन् । स्वर किन्नरी तारादेवीका कालजयी गीत साथै आफ्ना चर्चित गीतहरुबाट करिब २ घण्टा दर्शकलाई आफ्नो स्वरले बाँध्न प्रयास उनले गर्नेछिन् । बर्देवालाई युगल गायनमा गायक सुजन पराजुली र दीपक थापाले साथ दिँदै छन् भने लाईभ अकेस्ट्रामा रियाज ब्यान्डको समूहले साथ दिँदैछ । ब्यान्डको तर्फबाट गितारमा अजित गुरुङ, वेस गितार बिकल राई, लिड गितारमा दीपक श्रेष्ठ छन् भने ढोलकमा राजु, ड्रममा सन्दिप राई र पियानोमा उज्वोल श्रेष्ठ छन् ।
अंशु इन्टरटेन्टेनको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमको टिकट दर १० पाउण्ड तोकिएको छ । अनलाइनबाट पनि टिकट खरिद गर्ने सकिने जानकारी समेत दिइएको छ । अनलाइन टिकटको लागि http://www.hamroawaj.com/buy-ticket/ लिन्कमा क्लिक गरेर खरिद गर्न सकिने छ ।

नर्सिङ पेसामा आवद्ध बर्देवा कुनै समयकी पाश्व संगीतकी चल्तीकी गायिका हुन् । उनका आँखैमा झलझली, मेरो हजुरलाई, फुलको जवाफ, तस्बिरमै यस्तो, देब्रे आँखा, सर-सर लगायत गीत सुपरहिट छन् ।

लामो समयदेखि बेलायत बस्दै आएकी बर्देवाले नेपाली चलचित्र र आधुनिक गरी करिव ६०० गीतमा आफ्नो स्वर दिइसकेकी छिन् भने ६ वटा एल्बम बजारमा ल्याइसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री