प्रेसिडेन्ट कपमा मनाङको विजयी शुरुवात

लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लबले एएफीसी प्रेसिडेन्ठ कप फुटबलमा विजयी शुरुवात गरेको छ । श्रीलंकामा जारी प्रतियोगितामा श्रीलकाली एयर फोर्सलाई २–१ ले पराजित गर्दै मनाङले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।ManangMarshyangdiClub

मनाङका लागि शिव श्रेष्ठ र अनिल गुरुङले गोल गरेका थिए । तर सुगाथदासा रंगलाशामा भएको खेलमा अग्रता भने श्रीलंकाली क्लबले लिएको थियो । खेलको पाँचौ मिनेटमा गोल खाएको मनाङका लागि ३५ औं मिनेटमा श्रेष्ठले बराबरी गोल गरेका थिए । ६५ औं मिनेटमा गुरुङले पेनाल्टीमार्फत निर्णयक गोल गरेका थिए । खेलमा दुवै टोलीले केही सुन्दर अवसर खेर फालेका थिए । डोडोजलाई डिबक्समा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो । मनाङले दोस्रो खेल तुर्कमेनिस्तानको एटिटियु एफसीसँग सोमबार खेल्ने छ । दुई समुहमा विभाजित समूहका शीर्ष टोली सिधै फाइनलमा प्रवेश गर्ने छ । विजेताले ५० हजार अमेरिकी नगद पाउने छ भने दोस्रो टोलीले २५ हजार अमेरिकी डलर पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री