अस्ट्रेलियाका नेपालीद्वारा जुरे पहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरूको राहत र पुनःस्थापनाका लागि अष्ट्रेलियामा बस्ने नेपालीहरूले पाँच लाख रुपैया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन अष्टेलियाको नेप्लिज डेमोक्र्याटिक फोरमले सो रकम जुटाएको हो ।

तलको पानी सुक्न थालेपछि देखिएका घरहरु। तस्विर: कपिल धिताल

तलको पानी सुक्न थालेपछि देखिएका घरहरु। तस्विर: कपिल धिताल

 

फोरमका तर्फबाट इन्जिनियर नारायण काफ्लेले सो रकमको चेक उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई हस्तान्तरण गरे । उपप्रधानमन्त्री सिंहले सो चेक जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई प्रदान गरेका छन् ।

कार्यक्रममा प्रजिअ पराजुलीले अझै पनि ११ वटा शवको पहिचान हुन नसकेको र १४६ वेपत्ता रहेको जानकारी दिए । उनले पीडित एक हजार २४० घरमध्येलाई क्षतिको आधारमा ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरी राहत वितरण गरिएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री