भारतीय गृहमन्त्री सिंहद्वारा गोर्खा सैनिकको प्रसंसा

काठमाडौं । पछिल्लो समय भारत सरकारले भारतीय सैनिकमा कार्यरत गोर्खाली सैनिकलाई प्राथमिकता राखेर सम्बोधन गर्न शुरु गरेको छ । शनिबार मात्रै नेपाल भ्रमण सकेर स्वदेश फर्किन अघि आयोजित पत्रकार सम्मेलनमा भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतीय सैनिकमा कार्यरत गोर्खाली सैनिकको खुलेर प्रसंसा गरेका छन् ।

Rajnath-Singh

‘नेपाल मात्रै यस्तो देश हो । जहाँका नौजवानहरु भारतको सीमारक्षाका लागि पसिना मात्रै होइन, रगत पनि बगाउँछन्,’सिंहले भने ।  भारतीय दूतावासले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा पनि सिहले नेपाली अधिकारीहरुसँगको भेटमा भारतीय सैनिकमा नेपालीले पुर‌्याएको योगदानको प्रसंसा गरेको उल्लेख छ । यसअघि भारतीय दूतावासले जारी गर्ने विज्ञप्तिमा पूर्व गोर्खा सैनिकले पेन्सनको रुपमा कति पैसा नेपाल भित्र्याउछन भनेर मात्रै उल्लेख हुन्थ्यो ।

करिब डेढ महिना अघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाली संसदलाई सम्बोधन गर्ने क्रममा गार्खाली सैनिकको बहादुरीको प्रसंसा गरेका थिए ।

‘हिन्दुस्तानले कुनै लडाइँ जितेको छैन, जुन जितसँग कुनै नेपालीको रगत नबगेको होस्’ मोदीले भनेका थिए – भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुरहरु मार्न र मर्न पछि परेनन्, आज म उनीहरुलाई अभिवादन गर्न चाहन्छु ।’

कुनै भारतीय सैनिकले म मृत्युसँग डराउँदिन भन्यो भने भने कि त उसले झुटो बोलेको हुने कि गोर्खा हुने भनेर भारतीय सेनाका फिल्ड मार्सलले आफूलाई भनेको मोदीले संसदमा सुनाएका थिए ।  ‘उनी भन्थे, कोही सेनाको जवाफ म मृत्युसँगै डराउँदिन भन्दा या त उ झुट बोलिरहेको छ वा उ गोर्खा हो’ मोदीले भने-‘यदि गर्खाले म मृत्युसँग डराउँदिन भन्छ भने त्यो सत्य हो ।’

भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्टमा ३९ वलाटियन कार्यरत छ । भारत स्वतन्त्र हुँदा ६ वटा रेजिमेन्ट ब्रिटिस इन्डियन आर्मीबाट भारतीय सैनिक हस्तान्तरण गरिएको हो भने स्वतन्त्रता पछि सातौ बटालियन स्थापना गरिएको हो । फस्ट गोर्खा राइफल्स, थर्ड गोर्खा राइफल्स, फोर्थ गोर्खा राइफल्समा ५–५ वटा बटालिययन रहेका छन् भने फिफ्थ गोर्खा राइफल्स, एट र नाइन्थ गोर्खा राइफल्समा ६–६ वटा बटालियन र इलाभेन्थ गोर्खा राइफल्समा ७ वटा बटालियन रहेका छन् । भारतीय सेनामा २५ हजारभन्दा बढी गोर्खा सैनिक कार्यरत छन् ।

गोर्खाली सैनिकहरुले भारतीय सेनामा कार्यरत रहेर भारतले नेपाल युद्धमा संलग्न भएको तेस्रो देशसँग लड्ने गरेको छ । त्यसैले लेखक तथा अभियन्ताहरुले गोर्खालीलाई भाडाको सैनिकको रुपमा पनि व्याख्या गर्ने गरेका छन् र बेलाबेला गोर्खा भर्तीमाथि प्रतिबन्ध गर्नु पर्ने माग उठ्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री