१३ गोल खाँदै नेपाली फुटबल टोली घर फर्क्यो

काठमाडौं। नेपाली फुटबल टोलीले जापानसँग ४–०ले पराजित हुँदै इन्चोन एसियाडको यात्रा समाप्त गरेको छ । तीन खेलमा कुल नेपालले १३ गोल खाएको नेपाली यु–२३ टोलीले कुनै टिमविरुद्ध गोल फर्काउन सकेन ।U-23

नेपालले पहिलो खेलमा इराकसँग ४–० र दोस्रो खेलमा कुवेतसँग ५–० गोलअन्तरले हार भोगेको थियो । सोह्र वर्षको अन्तरालपछि नेपाल एसियाड खेलका फुटबलमा पहिलो पटक सहभागिता जनाएको थियो ।

एसियाडको फुटबलमा नेपालको यो पाँचौ सहभागिता हो । यसअघि १९८२, १९८६, १९९४ र १९९८ मा नेपाल सहभागी भएको थियो । नेपालले  १९८२ मा भारतको नयाँ दिल्लीमा भएको एसियाडबाट अन्तर्राष्ट्रियस्तरमा औपचारिक यात्रा सुरु गरेको थियो । त्यतिबेला नेपालका बाइबी घलेले कुवेतविरुद्धको खेलमा एक गोल गरेका थिए । त्यो नै नेपालको एसियाडमा एक मात्र गोल हो ।

फोटो जापान यु-२३ विरुद्ध उत्रिएको नेपाली टोली ।

तस्विर : गोलनेपाल डट कम

प्रतिक्रिया

सम्बन्धित सामाग्री