एटिटियुसँग मनाङ पराजित, फाइनलमा प्रवेश अनिश्चित

काठमाडौं। नेपाली लिग विजेता मनाङ मस्र्याङ्दी क्लब श्रीलंकामा जारी एएफसी प्रेसिडेन्ट कपमा तुर्कमेनिस्तानको एटिटियु क्लबसँग पराजित भएको छ । कोलम्बोको सुगाथादासा रंगशालामा सोमबार भएको खेलमा एटिटियु क्लबले मनाङविरुद्ध ३– १ को महत्वपूर्ण जीत हात पार्यो । ManangMarshyangdiClub
पराजयसँगै प्रतियोगिताको फाइनल यात्रा अनिश्चित बनेको छ ।  बुधबार हुने समूहको अन्तिम खेलमा श्रीलंकाको एयरफोर्स टिमले एटिटियु क्लबलाई पराजित गरे मात्रै मनाङले फाइनलमा स्थान पक्का गर्ने छ । शनिबार भएको खेलमा एयरफोर्सलाई मनाङले २–१ ले पराजित गरेको थियो । अंक तालिका शीर्ष स्थानमा रहेको टोली सोझै फाइनलमा प्रवेश गर्ने छ।
मनाङविरुद्धको खेलमा एटिटियु क्लबका मोहदोभले ह्याटिङ गरे। उनले खेलको पहिलो हाफको २३ औं र दोस्रो ७२ र ८३ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । मनाङका लागि ३५ औं मिनेटमा सुजल श्रेष्ठले बराबरी गोल गरेका थिए।

प्रतियोगिताको विजेता टिमले ५० हजार अमेरिकी डलर पाउने छ भने उपविजेताले २५ हजार रुपैया प्राप्त गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री