घाना एनआरएनएले बाढी पीडितलाई सहयोग गर्ने

अफ्रिकी मुलुक घानामा रहेका नेपालीहरुले संकलन गरेको २ लाख रुपैया बाढी पहिरो पीडित र अपागं बालबालिकाको शिक्षामा खर्च गरिने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले दसै अवसरमा आइतबार आयोजित कार्यक्रममा २ लाख रुपैया संकलन गरेको थियो । गैर आवासीय नेपाली संघ, घानाका अध्यक्ष डा हरि बाँस्कोटाले बाढी पहिरो पीडित र अपाङ बालबालिकाको शिक्षाका लागि १-१ लाख रुपैया गरिने बताएका छन् ।

सो रकम दसै र तिहारको बीचमा हस्तान्तरण गरिने एनआरएनका अफ्रिका संयोजक हिक्मत थापाले बताए। अविरल वर्षापछि आएको बाढी पहिरोका कारण नेपालमा मृत्यु हुने र वेपत्ता रहेका संख्या ५ सय नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री