टेलिकमका कर्मचारी आपसमै लडे

काठमाडौँ। नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीका इन्जिनियरिङ र गैर इन्जिनियरिङ कर्मचारीबीच झडप भएको छ। गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा बुधबार प्रशासनतर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको थियो।Nepal_Telecom1
झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन्।
झडपको क्रममा कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडि केही झ्यालका सिसा फोड्नुका साथै कुर्ची र गमला समेत तोडफोड गरेका छन्।
प्रशासनतर्फका कर्मचारी बुद्धिप्रसाद आचार्यलाई प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको भन्दै इञ्जिनियरहरूले आचार्यको कार्यकक्ष अगाडि विगत १५ दिनदेखि अनशन बसिरहेका थिए। नियम नभएपनि यसअघि नियुक्त भएका सबै कर्मचारी इञ्जिनियर हुने गरेका थिए।
दशै नजिकिँदै गर्दा टेलिकमको दसैँ योजना सञ्चालनमा समेत आन्दोलनकर्मीले अवरोध पुर‌्याएको भन्दै प्रशासनतर्फका कर्मचारी इञ्जिनियरहरूका विरुद्ध आज आन्दोलनमा उत्रिएपछि दुवै पक्षबीच झडप भएको हो।
झडपलगत्तै आएको प्रहरीले प्रदर्शनकारी कर्मचारीलाई तितरवितर पारेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री