दूतावासको दशैं राजनीतिक दल र सामाजिक संस्थाहरुद्धारा बहिष्कार ?

दुताबासको दशैँमा रमाउँदै सर्वसाधारण । तस्वीर शिव भण्डारी

दुताबासको दशैँमा रमाउँदै सर्वसाधारण । तस्वीर शिव भण्डारी

लण्डन । बेलायतस्थित नेपाली दूतावासले आइतबार आफ्नै भवनमा राखेको ‘बडा दशैँ शुभकामना आदान प्रदान कार्यक्रम २०७१’ मा न्यून नेपाली सहभागी भएका छन् ।
कार्यक्रममा लण्डनस्थित राजनीतिक दलका प्रतिनिधिहरु, एनआरएनए यूके पदाधिकारीहरु र विभिन्न सामाजिक तथा जातीय संघसंगठनका प्रतिनिधिहरु उपस्थित थिएनन् ।
औपचारिक निम्तो नभएर धेरै नआएको एकथरिको विश्वास छ । कार्यवाहक राजदूत तेजवहादुर क्षेत्रीले दूतावासको अनलाईनमार्फत बेलायतवासी सबै नेपालीलाई बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा निमन्त्रणा गरेको बताए पनि उपस्थिति भने पातलो रह्यो ।
दूतावासको बडा दशैं कार्यक्रममा न्यून उपस्थिति बारेमा वीनेपालीले राखेको जिज्ञासामा क्षेत्रीले भने, ‘धेरै कार्यक्रम जुधेका र औपचारिक रुपमा कसैलाई निमन्त्रणा नगरेले न्यून उपस्थित भएको हुन सक्छ । हाम्रो परम्परा नै दशैंमा सबैलाई खुल्ला निम्तो दिने छ न कि व्यक्तिगत ।’
कार्यवाहक राजदूत क्षेत्रीले गरेको कार्यको मुक्त कण्ठले प्रसंसा गरेर नथाक्ने राजनीतिक दलका प्रतिनिधिहरु र सामाजिक संघ संगठनका प्रतिनिधिहरु उपस्थित नहुनुलाई सबैले आश्चर्यजनक रुपमा हेरेका छन् ।

कार्यक्रममा सर्वसाधारण चाहिं उत्साहित देखिन्थे । नौमति बाजाको मज्जा लिंदै सहभागीले नाचगान गरेका थिए भने उल्टो साईकल यात्रीहरुको प्रहसन पनि थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री