बिमलाले जितिन् नेपालका लागि पहिलो कास्य

काठमाडौं। इन्चोन एशियाडमा बिहीबार नेपालले कास्य पदक जितेको छ। प्रतियोगिताको १३‍ औं दिन ‍नेपालका लागि धादिङकी बिमला तामाङले कराते अन्तर्गतको  महिला एकल कातातर्फ जितेकी हुन्।incheon-games

Bimala Tamang

तामाङ १९ वर्षकी छिन्। उनले बिहीबार नै  पाकिस्तानकी कुल सूमलाई पनि ४-१ले  क्वार्टरफाइनलमा हराएकी थिइन्। तर सेमिफाइनलमा भियतनामकी गुएन होआङ गानसित ०-५ ले पराजित भएकी थिइन्। उत्तर कोरियाकी काङ जियुइलाई ५ -० ले हराउँदै कास्य पदक जितेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री