देउवाको उपस्थितिमा जनसम्पर्क समितिको शुभकामना सांझ

janasamparka samiti

लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायतले विजयादशमी तथा दिपावलीको अवसर पारेर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

शनिवार सांझ गोल्डेनसिप रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा देउवाले शुभकामना मन्तव्य व्यक्त गर्दै समसामयिक राजनीतिक परिस्थितिबारे अवगत गराए । उनले माघ ८ मा संविधान जारी गर्नुको विकल्प नरहेको समेत दोहोर्याए ।

लोक गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमका अतिथी इलिङ तथा साउथहल एमपी वीरेन्द्र शर्माले नेपाली समुदायसंग आफू निकट रहेको उल्लेख गर्दै नेपालीहरुलाई बेलायती राजनीतिमा लाग्न समेत सुझाव दिए ।

कार्यक्रममा देउवा पत्नि सभाषद डा. आरजु राणा, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, भूपू सांसद शुक्रराज शर्मा, समाजसेवी डा. राघवप्रसाद धिताल, कांग्रेस युवा नेताहरु रवि राई, शिवजी श्रेष्ठ र विश्व आदर्श पण्डित, कार्यक्रम सहसंयोजक राजकुमार त्रिपाठी, तिलकुमारी लिम्बु लगायतले दशैं शुभकामना दिएका थिए ।

महामन्त्री शिव तिमिल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक युवराज गुरुङले स्वागत मन्तव्य दिए ।

उक्त अवसरमा उल्टो विश्व साइकल यात्री वीरेश दाहाल, विद्यावारिधी गरेकामा डा. मिन रानाभाट र हल तथा खाना व्यवस्थापन गरेवापत गोल्डेन सिप रेष्टुरेन्ट सञ्चालक सनत गुरुङलाई खादाले सम्मान गरियो । रोजिना गुरुङ र प्रतिक्षा त्रिपाठीले नृत्य प्रस्तुत गरे ।

करिब डेढ सय उपस्थित कार्यक्रम सुशील कोइराला पक्षीय कार्यकर्ताले भने निम्तो भएपनि वहिष्कार गरेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री